भिजन जलविद्युत आयोजनाले क्यामा–गुम्देल–सेर्दिङ–देउराली सडक मर्मतको थाल्यो

| जेठ २६, २०८१ शनिबार

A A A
A A A

२६ जेठ, रामेछाप । रामेछापकै अन्तिम मानव बस्तीको माथिल्लो भेगमा निर्माणाधीन जल विद्युत् आयोजना भिजन इनर्जी एन्ड पावर लिमिटेडले सामाजिक उत्तर दायित्व अन्तरगत गर्नै पर्ने जिम्मेवारी वडा भित्रको सडक मर्मतको काम थालेको छ । 

 

आयोजनाका स्रोत व्यक्ति लाक्पा शेर्पाका अनुसार शुक्रवार देखि  वडा नं १ गुम्देलमा पर्ने मध्यमार्गी सडक टाङदिङ–क्यामा–गुम्देल हुँदै तेछिम–मेले–सेर्दिङ–देउराली सडक मर्मतको काम अगाडि बढाएको हो । उनका अनुसार बर्खा यामभरि सवारी चलाउन मिल्ने गरी ‘ब्याक कटिङ’, ४५ सय घन मिटर सोलिङ सहित आवश्यक स्थानहरूमा ग्याबिन जाली भर्ने काम थालिएको हो । 

 

 

जल विद्युत् आयोजनाका मालवाहक गाडी चल्दा सडक बिग्रिएको, मर्मत गर्नु पर्ने भन्दै वडा कार्यालय मार्फत स्थानीयहरूले आयोजनाको ध्यानाकर्षण गरेका थिए । बार्खायाम सुरु हुन लागेसँगै उमाकुण्ड गाउँपालिकाकै अति दुर्गम भनिने यो क्षेत्रको सेर्दिङ–गुम्देल सडकमा गाडी चल्न निकै चुनौती पूर्ण मानिन्छ । 

 

 

उच्च भू–भाग हुँदै बस्ती जोड्ने यो सडक गुम्देल जोड्ने सबै भन्दा पुरानो सडक हो । अहिले स्थानीय कामदारहरूकै सहभागितामा मर्मत सम्भारको काम धमाधम भइरहेको स्थानीयहरू बत्ताउँछन् । 

 

तस्बिर स्रोत लाक्पा शेर्पा ।