रामेछापमा विपद् पूर्वतयारीः प्रशासनमा ‘जिल्ला विपद् सहायता कक्ष’ र सबै स्थानीय तहमा ‘स्थानीय विपद् कक्ष’ संचालन हुने

| जेठ २९, २०८१ मंगलबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२९ जेठ, रामेछाप । यो मनसुन सुरु हुन लागेसँगै जिल्लामा विपद्का घटना रोकथाम एवं न्यूनीकरण गर्न रामेछाप प्रशासनले स्थानीय तहहरूलाई आग्रह गरेको छ । 

 

सोमबार प्रशासनमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर घटना न्यूनीकरण गर्न सामूहिक प्रतिबद्धता समेत जनाएका यहाँका सरोकारवालाले गृह मन्त्रालयको आग्रह बमोजिम जिल्ला विपद् सहायता कक्ष (District Disaster Help Desk, DDHD) संचालन गर्ने निर्णय गरिएको छ ।

 

जिल्ला भित्र जुनसुकै बेला जहाँ सुकै घटना घट्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर जिल्ला प्रशासनमा विपद् सहायता कक्ष संचालनमा ल्याउने र सबै स्थानीय तहमा पनि यथाशीघ्र ‘स्थानीय विपद् सहायता कक्ष’ (Local Disaster Help Desk, LDHD) स्थापना गर्न लगाउने समितिले निर्णय गरेको हो । 

 

योसँगै अब सबै स्थानीय तहमा एक कर्मचारीको संयोजकत्वमा कक्ष संचालन हुने छ । भने, बैठकले वडा तहमा समेत विपद् व्यवस्थापन समितिको संयन्त्र खडा गरेर तालिम समेत दिनु पर्ने सहमति गरेको छ ।