असार मसान्तभित्र बैंकलाई तिर्नुपर्ने ब्याज असोज मसान्त सम्म ‘थमौती ’ गर्न सांसद कान्छारामको सरकारलाई ध्यानाकर्षण (भिडिओसहित)

| असार २४, २०८१ आइतबार

A A A
A A A

२३ असार, रामेछाप । रामेछापबाट निर्वाचित संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले सबै व्यवसायीहरूले असार मसान्त भित्र बैकलाई तिर्नु पर्ने ब्याज आगामी असोज मसान्त सम्म तिर्ने व्यवस्था (थमौती) मिलाउन माग गरेका छन् । अहिलेको सरकार पद र पार्टी जोगाउन लाग्दा बाढी पीडितहरूको पक्षमा काम हुन नसकेको उनको दाबी छ । ‘बैकलाई तिर्नु पर्ने ब्याज असोज मसान्त सम्म थमाइ दिन नेपाल सरकारको ध्यानाकर्षण गर्दछु ।’

 

आइतबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद तामाङले देशभर बाढी, पहिरोले बिताञ्ड मच्चाइ रहेकोमा सरकारको ध्यानाकर्षण गर्दै अहिलेको अस्थायी सरकारले पीतिडिहरुको पक्षमा काम गर्न नसकेको सांसद तामाङको आरोप छ । ‘यो जान लागेको सरकारले बाढी पीडितहरूको पक्षमा काम गर्न सकेन, प्रधानमन्त्रीज्यू अहिले सरकार र पार्टी जोगाउन लाग्नु भएको छ।’ 

 

सांसदका दुई ठुला पार्टी नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बन्ने सरकारले नेपाली जनतालाई कुनै पनि पार्टी नहेरी उनीहरूले चाहेको स्थायी सरकारको अनुभूति दिलाउन काँग्रेस संसद् तामाङले आग्रह गरे । 

 

नेपाली काँग्रेस रामेछापका पार्टी सभापति समेत रहेका सांसद तामाङले अब बन्न लागेको ‘ठूलो’ सरकाले जनतालाई समृद्धिको बाटो दिनु पर्नेमा जोड् दिए । विकास निर्माणका काम हुन नसकेकोमा आसन्तुष्टि जनाउँदै निर्माण व्यवसायी समेत रहेका सांसद तामाङले सरकारले जनतालाई विकास दिन सक्नु पर्नेमा जोड् दिए ।