फर्पु पहिरो पीडितलाई एमाले रामेछापले दियो तीन लाख ४५ हजार

| साउन १५, २०८१ मंगलबार

A A A
A A A

१५ साउन, रामेछाप । नेकपा (एमाले) रामेछापले फर्पु पहिरो पीडितलाई राहत प्रदान गरेको छ । घरमाथिको ढिस्को खसेर तीन किशोरी (छोरी) गुमाएको परिवारलाई आश्वस्त पर्दा पीडितहरूलाई राहत दिनेहरू घटनास्थलमा पुग्न थालेका हुन् । 

 

सोमबार एमाले पूर्व जिल्ला कमिटी अध्यक्ष एवं प्रदेश सांसद आनन्द कुमार श्रेष्ठ, केन्द्रीय सदस्य गीता कार्की, बागमती प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरिया, सचिव प्रकाश कुमार कार्की, उपसचिव मखमली श्रेष्ठ, गोकुलगंगा गाउँपालिका कमिटी अध्यक्ष सचिन कार्की, जनसङ्गठनका सहितका एमाले नेताहरू घटनास्थल पुगेर पहिरोमा ज्यान गुमाएका तीन किशोरीका बुबाहरूलाई नगद परिवारलाई प्रति परिवार रु १ लाखका दरले जम्मा ३ लाख नगद सहयोग गरेको जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिए । 

 

अकालमा मृत्यु वरण गरेका तीन किशोरीहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारको दुखमा आफूहरूसँगै रहेको भन्न राहत स्वरूप उक्त रकम सहयोग गरेको अध्यक्ष कडरियाले बताए । 

 

अकल्पनीय ठाउँमा घरमाथिको कान्लो भत्किएर घर भत्काउँदा घरमा समेत पूर्ण क्षति पुगेकाले घर मर्मतको लागि प्रति परिवार रु १५ हजार नेताहरूले पीडित परिवारलाई हस्तान्तरण गरेका छन् । 

 

जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको तर्फबाट नगर प्रमुख लब श्रेष्ठले मृतकको परिवारलाई रु १०–१० हजार सहित सोमबार पीडित परिवारलाई ३ लाख ४५ हजार आर्थिक सहयोग गरिएको एमाले रामेछापले जनाएको हो । 

 

गएको बिहीबार खसेको ढिस्कोले साँझमा एकै घरपरिवारका तीन जना किशोरीको ज्यान गएपछि जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले एक मुस्टमा २ लाख ५० हजार, नेपाली काँग्रेस रामेछापका जिल्ला पार्टी सभापति एवं सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले  प्रतिपरिवार १०–१० हजार र राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी र जिल्ला रेडक्रस सोसाइटी रामेछापले खाद्यान्न, लत्ता कपडा सहयोग प्रदान गरी सकेका छन् । 

 

तस्बिर स्रोत एमाले रामेछापको सचिवालय ।

मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार