मन्थली नगरपालिकाले गर्‍यो ‘नगरपालिका स्तरीय किशोरी सञ्जाल’ गठन र नमुना नगर बाल संजाल पुनर्गठन

| भदौ ९, २०८१ आइतबार

A A A
A A A

०९ भदौ, रामेछाप । आउँदो चैत मसान्तमा ‘बालमैत्री नगरपालिका’ घोषणा गर्ने गरी चरणबद्ध कार्यक्रमहरू गर्दै आएको मन्थली नगरपालिकाले नगरपालिका स्तरीय किशोरी सञ्जाल गठन र मन्थली नगर बाल संजाल पुनर्गठन गरेको छ । मन्थली नगरपालिका स्तरीय किशोरी सञ्जाल पहिलो पटक गठन भएको हो ।

 

शनिवार नगरपालिकाको सभा हलमा उपप्रमुख इश्वरी बस्नेत, महाशाखा प्रमुख हेमन्त बुढाथोकी सहितको उपस्थितिमा प्रिया कुमारी मण्डलको अध्यक्षतामा किशोरी संजाल गठन गरिएको नगरपालिकाले जनाएको हो । 

 

किशोर संजालको उपाध्यक्षमा संचिता बसेल, सचिवमा लक्ष्मी अधिकारी मनोनीत भएका छन् । त्यस्तै सह–सचिवमा निर्जला श्रेष्ठ, कोषाध्यक्षमा पम्फा बुढाथोकीले जिम्मेवारी पाएका हुन् । मण्डलको अध्यक्षतामा  १५ सदस्यीत नगर संजाल गठन गरिएको हो । 

 

त्यस्तै मन्थली नगर बाल सञ्जाल तेस्रो कार्यकालको लागि रुबिन बोहराको अध्यक्षतामा पुनर्गठन गरिएको हो । नगर बाल संजालको उपाध्यक्षमा पोविन्द्र श्रेष्ठ, सचिवमा सुवन सारु मगर र सह–सचिवमा जेनिसा पाण्डे चयन भएका छन् । 

 

त्यस्तै कोषाध्यक्षमा ज्ञानिशा अधिकारी १४ वटै वडाका बालबालिकालाई समेटेर १५ सदस्यीय समिति पुनर्गठन गरिएको नमुना मन्थली नगर बाल सञ्जाल वरिष्ठ सल्लाहकार एवं बागमती प्रदेश किशोर सञ्जाल सदस्य उत्सव केसीले रामेछाप टाइम्सलाई बताए । 

 

१४ वटा वडा रहेको यो नगरले बालमैत्री नगरपालिका घोषणा गर्नको लागि टोल, वडा, नगरमा बालबालिकासँग सम्बन्धित उनीहरूको हक अधिकारको लागि ‘अर्थ पूर्ण’ सहभागितालाई जोड् दिएर काम गर्दै आएको छ । 

 

बालबालिकाको क्षमता विकास गरी उनीहरूलाई सक्षम बनाउने उद्देश्यले समिति गठन गरी उनीहरूलाई थप सशक्त बनाउन वार्षिक बजेट मार्फतै वडा तहमा विभिन्न ५१ वटा सूचकमा आधारित रही काम भइरहेको मन्थली नगरपालिकाकी महिला बालबालिका शाखा प्रमुख भगवती तामाङले बताइन् । 

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार