‘किन गर्यो फूलले आँसु झारे जस्तो’
फेरि कसैले अप्ठ्यारोमा पारे जस्तो
गर्छ जिन्दगीले पनि मन मारे जस्तो
जब कोही मेरो दिलमा बस्यो तब
लाग्यो दिल भुईँमा बजारे जस्तो
श्रिङ्गार्न सजिलो छैन प्रिय जिन्दगी
श्रिङ्गारले अनुहारमा श्रिङ्गारे जस्तो
तिम्रो तस्बिर यसरी बस्यो दिलमा
चित्रकारले क्यान्भासमा उतारे जस्तो
कसको पर्यो नजर, बगैँचामा आज ?
किन गर्यो फूलले आँसु झारे जस्तो ?