पठनपाठनमा सहयोग गर्न लिखु तामाकोशीमा डेढ सय विद्यार्थीलाई काँग्रेस नेताहरूले दिए ‘न्यानो कपडा’ र शैक्षिक सामाग्री
२० पुस, रामेछाप । नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाका नेताहरूले एक सय भन्दा बढी विद्यार्थीहरूलाई ‘न्यानो कपडा’ र शैक्षिक सामाग्री प्रदान गरेका छन् । उनीहरूले व्यक्तिगत आर्थिक लगानी गरेर पालिका भित्रका विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग गरेका हुन् ।
नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाका पार्टी सभापति सुन्दर खड्काले दिएको जानकारी अनुसार गाउँपालिकाका अध्यक्ष केशव महत, वडाहरू रोम तामाङ र दीपक पुलामी मगर, जिल्ला पार्टी सल्लाहकार समेत रहेका नेता कृष्ण महतसहितको उपस्थितिमा पालिकाको कैलेश्वर आधारभूत (आवि), लालिगुरास क्षेरिङ (आवि), रणजित (आवि), सेतीदेवी (आवि) र रुपादेवी (निमावि) का स–साना विद्यार्थीहरूलाई स्विटर, टोपी, ट्याक्सुट्, लगायत कपी, पेन्सिल प्रदान गरिएको हो ।
पालिकाको वडा नं ५ का टेकबहादुर तामाङले सोही वडाका ४ वटा विद्यालयका १२० जना स–साना बालबालिकालाई र नेता त्रिविक्रम महत र रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति सुवास दाहालले ४ नम्बरकै रुपादेवी (निमावि) का विद्यार्थीलाई सहयोग प्रदान गरेका हुन् । टेकबहादुरले कैलेश्वर, लालीगुराँस, रणजित, र सेती देवी (आवि) का विद्यार्थीलाई व्यक्तिगत लागतमा १२० जना विद्यार्थीलाई सामाग्री दिएका हुन् ।
कोरोना महामारी, भूकम्प जस्ता महामारीको बेलामा पनि सहयोग प्रदान गर्दै आएका नेताहरुले जाडोको समयमा बालबालिकालाई पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामाग्री र न्यानो कपडा एक हप्ता लगाएर वितरण गरेको पालिका सभापति खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘स–साना बालबालिकालाई जाडोको बेलामा पनि पढ्न जान सहयोग पुगोस् र स्कुल जान प्रेरित हुन् भने न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका हौँ ।’
आगामी दिनमा ज्यामिरे खानी, नवर्दर्शन लगायतका स्कूलमा पनि सामाग्री प्रदान गर्ने योजना रहेको बताउँदै विगतका वर्षमा पनि विभिन्न स्कुललाई कम्प्युटर लगायतको सहयोग गरेको बताए ।
बालबालिकाको शैक्षिक सुधारमा स्थानीय सरकारले मात्रै कार्य गरे नसक्ने भन्दै आफूहरूले सकेको सहयोग गरेर इट्टा थप्ने काम गरेको सभापति खड्काको भनाई छ । शिक्षा सुध्रे मात्रै अन्य क्षेत्रको विकास हुने भएकाले पालिको शैक्षिक सुधारमा आफूहरूले प्राथमिकता दिएर काम गरिहरेको बताए ।