तेस्रो नगर कपः पुरुष तर्फ यी ६ टिम ‘आउट’, यी ८ टिम क्वाटर फाइनलमा, भोलि महिलाको प्रतिस्पर्धा

४ फागुन, रामेछाप । हिजो शनिवार देखि सुरु भएको ‘तेस्रो मन्थली नगर कप’ रनिङ्ग शिल्ड पुरुष भलिबलमा ६ टिम बाहिरिएका छन् । भने, ‘प्रथम नगर कप’ विजेता र दोस्रो नगर कप विजेता वडा नं ७ भटौलीसहित ८ वटा वडा (टोली) क्वाटर फाइनल प्रवेश गरेका छन् । सोमबार भने महिला तर्फको खेल हुने भएको छ ।
खेलको दोस्रो दिन सम्म आइपुग्दा समूह ‘क’ बाट वडा नं ४ सालु, ६ भलुवाजोर, ८ चिसापानी र वडा नं १४ कर्जाङ क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
समूह ‘ख’ बाट वडा नं १ मन्थली र ३ नं कठजोर क्वाटर फाइनलमा प्रवेश गर्दा समूह ‘ग’ बाट वडा नं १० चनखु र वडा नं ७ भटौली, समूह क्वाटर फाइनल प्रवेश गरेको आयोजक मन्थली नगर खेलकुद विकास समितिले जनाएको हो ।
१ लाख रुपैयाँ नगदसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रथम पुरस्कार रहेको सो ‘रनिङ नगर कप’ मा वडा नं २, ५, ९, ११, १२ र १३ नम्बर बाहिरिएका छन् ।
मन्थली नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिको आयोजनामा संचालित सो प्रतियोगितामा उपविजेताले नगद ७५, तेस्रो हुनेले नगद ५० हजार र सान्त्वनाले ३० हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।
भोलि सोमबार देखि भने प्रथम महिला कप अन्तर्गतका भलिबल खेल खेलाइने छ । त्यसको लागि जारी खेल तालिका अनुसार वडा नं ७ र ३, १ र २, १३ र ८ प्रतिस्पर्धा गर्ने छन् ।
त्यस्तै ७ र १, ६ र १३ बिच महिला भलिबलमा प्रतिस्पर्धा सकेर पुरुष तर्फका क्वाटर फाइनलको खेल खेलाउने नगरका खेल प्रशिक्षक देवेन्द्र श्रेष्ठले रामेछाप टाइम्सलाई बताए ।
यो वर्ष ‘महिला नगर कपमा’ १,२,३,६,७, ८ र १३ नम्बर वडाबाट सहभागी गराइएको छ । महिला तर्फ दोस्रो हुनेले नगद ३० हजार, तेस्रो हुनेले २० हजार र सान्त्वना हुनेले १० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।