राष्ट्रिय युवा संघ रामेछाप नगरको कमिटी आलेको अध्यक्षतामा घोषणा, अध्यक्षको दाबेदार कार्की भन्छन् ‘पार्टी सिद्ध्याउने काम भयो’

| चैत १५, २०८१ शनिबार

A A A
A A A

१६ चैत, रामेछाप । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रामेछाप नगर कमिटीको अध्यक्षमा संजिव आले सर्व सहमतिमा चयन भएको घोषणा गरिएको छ । तर, अर्का अध्यक्षका दाबेदारले भने विरोध जनाएका छन् ।  उनले आफूलाई बाहिर राखेर कमिटी गठन भएको घोषणा गरिएको दाबी गरेका हुन् । 

 

शनिवार भँगेरी स्थित पुष्पलाल श्रेष्ठको जन्म स्थानमा निर्माणाधीन पुष्पलाल पार्कमा आयोजित तेस्रो नगर अधिवेशनबाट उनी सर्व सहमतिमा अध्यक्ष बनेको घोषणा गरिएको युवा संघका जिल्ला अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले सामाजिक संजाल मार्फत जानकारी दिए । 

 

उनका अनुसार संघको नगर उपाध्यक्षमा अप्सरा कार्की, सचिवमा रमेश लामा, उप–सचिवमा जीवन तामाङ र भूमिका श्रेष्ठ चयन भएका हुन् । 

 

त्यस्तै, विनोद बुढाथोकी, मोहन श्रेष्ठ, ठाकुर दाश श्रेष्ठ, दिनेश बि क, टिकाराम लामा, नरबहादुर मगर, विष्णुबहादुर खड्का, राम विष्णु नेवा खड्गी, मानबहादुर बस्नेत, सन्तोष श्रेष्ठ, राजकुमार श्रेष्ठ, गोमा सुनुवार, थरहरि गुर्माछाने मगर र किश्वर सुनुवार सदस्य चयन भएको मन्थली नगरपालिका–२ का वडा अध्यक्ष समेत रहेका युवा संघ रामेछापका अध्यक्ष कार्कीले बताए । 

 

नेकपा (एमाले) बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलसहितको उपस्थितिमा भएको तेस्रो अधिवेशनले युवाहरूलाई जिम्मेवारीमा ल्याउँदै ‘नेपाली काँग्रेसको गढ’ मानिएको रामेछापमा आगामी दिनमा सङ्गठनको गतिविधि अगाडि बढाउन निर्देशन गरिएको बताइएको छ । 

 

यसैबिच, युवासंघको तेस्रो अधिवेशनले युवाहरूलाई नेतृत्वमा चुनेपछि संघको नगर कमिटी अध्यक्षका दाबेदार सुकाजोरका सुशील कार्कीले भने असन्तुष्टि जनाएका छन् । कार्कीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोख्दै एमाले नगर कमिटीका अध्यक्ष रोशन पाख्रिनले पार्टी सिद्धाउने काम गरेको आरोप समेत लगाएका छन् । 

 

पाख्रिनको नामै किटान गर्दै सुशील कार्कीले रामेछाप टाइम्ससंग भने ‘मलाई अध्यक्ष बनाउने भनेर जिल्ला अध्यक्षहरुसंग बाहिर छलफल हुँदै गर्दा भित्र समिति घोषणा गरियो’ उनले आफूलाई अध्यक्ष बनाउन जिल्ला अध्यक्षहरू समेत तयार भइरहँदा भित्र कमिटी घोषणा गरिनु षड्यन्त्र जनक भएको दाबी गरे । 

 

युवासंघको नेतृत्व दिँदा नेकपा (एमाले) नगर कमिटीले अपरिपक्व निर्णय गरेको दाबी गर्दै कार्कीले भने ‘म पार्टी र संगठन कुनै छोड्दिनँ तर पाख्रिनको कारण यहाँ एमाले सिद्धाउने काम भयो ।’

 

नेतृत्वको आकंक्षि उनी जिम्मेवारीबाट हटाइएको दाबी गर्दै सामाजिक संजालमा आक्रोश र व्यङ्ग्यात्मक तरिकाले लेखेका छन् ‘कोठा भित्र बसेर बनाएको समिति राम्रो छ । २०८४ आउदैछ यस्तै अपरिपक्व निर्णयले दुई पटक हारियो अब पक्का हार्ने लक्षण हो म ठोकुवा गर्छु।’

युवासंघ रामेछाप पछिल्लो समय पालिका स्तरीय अधिवेशन गर्दै अगाडि बढि रहेको छ । पार्टीको निकै सहयोगी संगठनको रुपमा युवा संघले कार्यहरु समेत गर्दै आएको छ । 

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार