जिल्ला अस्पताल ‘रामेछाप सफा र सुन्दर’ : भूगोलले गर्दा आधा जनता सेवाबाट बञ्चित्, यस्ता छन् सेवाहरु (भिडिओसहित)

| पुस २१, २०७८ बुधबार

A A A
A A A

२१ पुष, रामेछाप । जिल्ला अस्पताल रामेछाप जिल्लाबासीलाई सेवा गर्न तयार भएको छ । भौतिक संरचना देखि बिरामीको लागि आवश्यक शान्त, सफा वातावरणसहित सुविधा सम्पन्न अस्पताल तयार भएको छ । तर, जिल्लाभित्रकै बिरामीहरु त्यहाँ पुग्न भने सक्दैनन् । भौगोलिक परिस्थितिकै कारण अस्पताल कोल्टो ठाउँमा पर्दा बिरामी सेवाबाट मात्रै बञ्चित भएका छैनन् । जिल्लाको सुविधा सम्पन्न अस्पतालले दिने निःशुल्क सेवाबाटै मुक्त भएका छन् । 


जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारको माथिल्लो बजार नजिकै आफ्नै ५४‍.८ रोपनी जग्गामा फैलिएको भौतिक पूर्वधारको हिसावले सुविधा सम्पन्न अस्पताल जिल्लाबासीको सेवा गर्नबाट पछि परेको हो । 

 

आठ वटा आफ्नै भवन रहेको जिल्ला अस्पताल यतिखेर जिल्लामा भएका बिरामीहरुको उपचार गर्न तल्लिन छ । छ वटा कर्मचारी भवन, एक क्यान्टि, दुईवटा फोहोरमैलो व्यवस्थापन टहरो, एक अक्सिजन प्लान्ट, एक आपसोलेसन पिसिआर ब्लक र एक पोष्टमार्टम घरसहितको अस्पताल तयार भएपनि कोल्टो ठाउँमा पर्दा जिल्लाका आधा भन्दा बढि बिरामी त्यहाँ पुग्न सक्दैनन् । 

 

अस्पतालमा धुलिखेल, खुर्कोटसहितका अन्य अस्पतालले दिदै आएका सेवा जतिका सेवा प्रदान गर्न सक्षम भएको अस्पतालका डाक्टरहरु बताउछन् । 

‘यहाँ धुलिखेल अस्पतालले दिने सेवा पूरै पाइन्छ अस्पतालका तत्कालिन अध्यक्ष एवं व्यवस्थापन समितिका अध्यक्ष रोशन पाख्रिनले भने ।’ तर, अधिकांश मानिसको बसोबास रहेको जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका, खाँडादेवी, दोरम्बा शैलुङ, सुनापति,लिखु तामाकोशी, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाका स्थानीय भने जिल्ला बाहिर उपचार गर्न दिनौं लगाएर धाउन बाध्य छन् । 


मन्थली नगरपालिका स्थित् तामाकोशी सामुदायिक अस्पताल, प्राथामिक स्वास्थ्य केन्द्र मन्थलीले पनि नागरिकको आवश्यकता अनुसारको सेवा प्रदान गर्न नसक्दा बिरामीहरु सिधै काठमाडौंसहतिका बाहिरी जिल्लामा धाउदै आएका छन् । 

 

त्यसमा पनि खाँडादेवी, सुनापति, दोरम्बा र उमाकुण्डका बासिन्दा सिधै बाहिरी जिल्लामै उपचार गराने संख्या बढी छ । यता जिल्ला अस्पताल बिरामी नपाए अस्पताल संचालन गर्नै धाउ–धाउ छ । भने बिरामी उपचार नपाएर अन्त्र जान बाध्य छन् ।

 

सुविधाको हिसाबले सम्पन्न भएपनि बिरामीले सेवा नपाउनुमा सडकको मुख्य कम्जोरी रहेको अस्पताल प्रशासनको भनाई छ । बिहान एक चोटी मन्थलीबाट यहाँ एक सवारी मात्रै नियमित रुपमा आउने भए पनि सेवामा सजता हुने थियो अस्पताल प्रशासन भन्छ ।


एसआइभी एसड्स् परीक्षण तथा सुझाव, मेडिको लिगल सेवा, क्षय तथा कुष्ठ रोग उपचार सेवा, सुरक्षित गर्वपतन सेवा, अस्पताल फार्मेसी, खोप सेवा, मातृशिशु स्वास्थ्य तथा परिवारनियोजन सेवा, प्रसुति सेवा, इसिजी, यू.एस. जी, एक्सरे सेवा, बिरामी भर्ना, प्रयोगशाला, निदानात्मक, आक्मिक सेवा आँखा उपचार, मुख तथा दन्त सेवा र सामन्य जाँच सेवा दिदै आएको अस्पतालले चाडै डाईलसिस् सेवा, बल्ड बैंक स्थापना गर्ने सम्मको तयारी तिब्र छ । 

 

अत्याधुनिक मेसिन तथा उपकरणबाट जडित् यो अस्पतालले आफै अक्सिजन उत्पादन गर्दै आएको छ । अक्सिजन उत्पादनलाई बढाएको यहाँबाट अक्सिजन ‘सप्लाई’ गर्न सक्ने सम्भावना अधिक छ अस्पतालका दिपेन्द्र नाराणय श्रेष्ठ भन्छन् । २४ घण्टामा ५० वटा भन्दा बढि सिलिण्डर भर्न सक्ने क्षमताको अक्सिजन उत्पादन गर्नेसक्ने उपकरण जडित यहाँ चाडै असक्सिजन उत्पानद गरि अन्य जिल्लामा समेत पठाउन सक्ने सम्भावना रहेको श्रेष्ठ सुनाउछन् । त्यसको लागि बुस्टर आवश्यक पर्ने भएको र त्यो खरिद प्रक्रियामा गएको उनी बताउछन् । 

साथै आँखासम्वन्धी सबै उपचार यही गरिन्छ । 

एक जना दन्त सर्जन डा‍. बिनु मगर, जनरल सर्जन पवन शाक्य, एमडिजिपि एण्ड इम् मनोज कुमार यदाव, एम बि.बि.एस डा. जिवन चौधरी, सागर पौडेल र सरिता ढकालले राम्रो उपचार गर्न सक्ने उनी सुनाउछन् ।

अस्पताल पूर्वधारमा बलिएको भैसकेकाले अब आफ्नो सेवालाई प्रचारप्रसार गरि विस्तार गर्ने योजना अस्पताल प्रशासनको तयारी रहेको छ । छिट्टै जिल्लाका सबै पालिकाहरुसंग जिल्ला समन्वय समितिसंगको समन्वयमा छलफल गरि सेवा विस्तार गर्ने बताइएको छ । 


तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));