मन्थली नगरको गौरवको आयोजना तिनलाल पार्क उद्घाटन

| असार २८, २०८० बिहिबार

A A A
A A A

२८ असार, रामेछाप । पटक–पटकको म्याद थप भएपछि निर्माण सकिएको करिब ७ करोड लागतको सुविधा सम्पन्न तिनलाल पार्क उद्घाटन एवं हस्तान्तरण गरिएको छ । यो आयोजनाले नगरको व्यापार, व्यवसायी र आन्तरिक पर्यटन तान्न मद्दत पुग्ने नगरले अपेक्षा गरेको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठको भनाई छ । यो पार्क मन्थली नगरको गौरवको आयोजना समेत हो । 

 

बिहीबार मन्थली नगरपालिकाको वडा नं १ हाटेचौरमा बनेको अत्याधुनिक सुविधा सम्पन्न, स्विमिङ पुल, प्रशासनिक भवन, ४०८ जना क्षमताको सभा भवन, स्विमिङ पुल, ७५ देखि १०० जना क्षमताको चेन्जिङ्ग रुम, स्नान कक्ष, चमेना गृह, टिकट घर तथा शौचालय र प्रवेशद्वारसहित पार्क सहितको आकर्षक पार्क हस्तान्तरण एवं उद्घाटन भएको हो । पार्क निर्माण गरेको पांचपोखरी सुवेदी जे.भी.चावाहिलका प्रतिनिधि सुजन कार्कीले नगरप्रमुख लव श्रेष्ठलाई पूर्व नगर प्रमुख रमेश कुमार बस्नेतसहितको उपस्थितिमा चाबी हस्तान्तरण गरेका हुन् । सो अवसरमा नगरका वडा नं २,३,८,९ का वडा अध्यक्ष, प्रमुख जिल्ला अधिकारी अनिता निरौला, प्रमुख प्रशासकीय अधिकृत हरि चापागाईँ, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी (एस), राप्रपा लगायत नगरका कर्मचारी, पत्रकार, स्थानीयहरूको उपस्थितिमा उद्घाटन एवं हस्तान्तरण भएको हो।  

 

भ्याट र कन्ट्रीजन्सी सहित कुल १० करोड १७ लाख ८८ हजार २ सय ५ रुपैयाँ ४८ पैसा लागत अनुमान गरिएको उक्त नगर गौरवको आयोजनाको लागि नगरले १७ रोपनी जग्गामा पांचपोखरी सुवेदी जे.भी.लाई ६ करोड ८८ लाख २२ हजार ३ सय ७ रुपैयाँ २४ पैसामा ठेक्का दिएको थियो । 

 

समयमा निर्माण गर्न नसकेको भनेर निकै आलोचना समेत खेपेको यो आयोजनाले अन्तिम ६ करोड ८६ लाख २१ हजार ६ सय ८७ रुपैयाँ १३ पैसा भुक्तानी गरेको इन्जिनियर अधिकारीले जानकारी दिए । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));