रामेछाप प्रशासनले भन्यो ‘संविधान दिवस ३ दिन मनाउनू’, मैत्रीपूर्ण फुटबल देखि यसरी मनाउने तयारी (सूची)

| भदौ २६, २०८० मंगलबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२६ भदौ, रामेछाप । ‘संविधान दिवस–२०८०’ रामेछापमा विभिन्न कार्यक्रम गरी मनाइने निर्णय गरिएको छ । 

 

आउँदो असोज २, ३ र ४ गते तीन दिनसम्म भव्यता साथ मनाउ लागिएको संविधान दिवसको अवसरमा जिल्लामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता, दीप प्रज्वलन, रक्तदान, प्रभात फेरी,सरसफाइ सौन्दर्यीकरण राष्ट्रिय झण्डा फहराउने, संविधानको महत्वको विषयमा विभिन्न सामाग्री प्रकाशन तथा प्रसारण गर्ने र ‘सफल एवं आनन्दमय जीवनको लागि सकारात्मक बिचार’ कार्यक्रम गरी गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । 

 

मंगलबार प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको  अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको जनाएको हो । सरोकारवालाहरूको बैठकले संविधान दिवस अन्तर्गत नै यही भदौ २९ र ३० गते बिहान र बेलुका मैत्रीपूर्ण प्रतियोगिता गर्ने निर्णय गरेको छ । रामेछाप टाइम्सलाई प्राप्त सूचनामा असोज २९ र ३० लेखिएको भने पनि उक्त सूचना लेखाइ मिस्टेक भएको र भदौ २० र ३० नै भएको प्रमुख जिल्ला अधिकारी निरौलाले रामेछाप टाइम्सलाई बताइन् । 

 

कुनाउरी खेल मैदानमा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख र प्रतिनिधि, पत्रकार, सङ्घसंस्थाका प्रमुख प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, सुरक्षा निकाय बिच खेल खेलाउने निर्णय गरिएको प्रजिअ निरौलाले बताइन् । 

 

त्यसको तयारी जिल्ला खेलकुद विकास समिति, जिल्ला फुटबल संघ रामेछाप र शान्ति दीप युवा क्लब, मन्थलीले संयुक्त रूपमा गर्ने जिम्मेवारी दिएको छ । 

 

के-के गरी मनाउने निर्णय भएको छ हेर्नुहोस् सबै ।