रामेछापको हल्देमा मोटरसाइकल दुर्घटनामा परी दोलखाका दुई पत्रकार घाइते, ट्रमा सेन्टर पुर्‍याइयो

| भदौ २६, २०८० मंगलबार

A A A
A A A

२६ भदौ, रामेछाप । रामेछापको हल्देमा मोटरसाइकल दुर्घटनामा परि दोलखाका दुई पत्रकार गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पत्रकार श्याम खतिवडा र सन्तोष भुजेल  हुन् ।

 

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सदस्यद्वय प्रदेश राजधानी हेटौँडामा महासंघको बैठक सकेर दोलखा फर्किँदै गरेको अवस्थामा रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ७ को हलेदे भन्ने स्थानमा दुर्घटनामा परेका हुन् । दुर्घटना दिनको अरिब ३ ः ३० बजे भएको भताइएको छ । 

 

आज मंगलबार भुजेलले चलाएको प्रदेश नं ०२–०४१ प ०१५८ नम्बरको पल्सर मोटरसाइकल दुर्घटनामा खतिवडाको खट्टा भाँचिएको र चालक भुजेल सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

घाइते दुवैको तत्काल उद्धार गरी काठमाडौँ स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन् ।