रामेछापमा ‘संविधान दिवस २०८०’ : जनप्रतिनिधि, व्यापारी, पत्रकार र प्राविधिकले खेले मैत्रीपूर्ण फुटबल

| भदौ २९, २०८० शुक्रबार

A A A
A A A

२९ भदौ, रामेछाप । ‘संविधान दिवस २०८०’ को अवसरमा रामेछापमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । पहिलो दिन (आज) बिहान ६ बजे उद्घाटन खेलमा  नेपाल प्रहरी र उद्योग वाणिज्य संघ रामेछाप बिच भएको छ । 

 

त्यस्तै दोस्रो खेल शान्ति दीप युवा क्लब र मन्थली नगरपालिकाका जनप्रतिनिधि बिच भएको छ ।  तेस्रो खेलमा नेपाल पत्रकार महासंघ रामेछापका पत्रकार र प्राविधिकबिच भएको मैत्रीपूर्ण रूपमा सम्पन्न भएको छ । 

 

आज शुक्रवार बिहा, बेलुका र र भोलि शनिवार बिहान खेल्ने गरी आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा शुक्रवार (आजै) बेलुका ३ बजेदेखि जिल्ला अस्पताल रामेछाप र नेपाल प्रहरी, शान्ति दीप युवा क्लब र बैंकीङ् एसोशेसन टिम र निजामती कर्मचारी र सशस्त्र प्रहरी बिच प्रतिस्पर्धा हुने छ । 

 

भोलि शनिवार बिहान सेमिफाइनल खेल हुने र त्यसपछि फाइनल हुने रामेछाप जिल्ला फुटबल संघका अध्यक्ष एवं खेल सहजीकरण गरिरहेका सुन्दर घिमिरेले रामेछाप टाइम्सलाई जानकारी दिए । 

जनप्रतिनिधिहरुको टिम

जिल्ला प्रशासन कार्यालय रामेछापले मन्त्रालयको निर्देशन अनुसार संविधान दिवसको अवसरमा जिल्लामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता, दीप प्रज्वलन, रक्तदान, प्रभात फेरी,सरसफाइ सौन्दर्यीकरण राष्ट्रिय झण्डा फहराउने, संविधानको महत्वको विषयमा विभिन्न सामाग्री प्रकाशन तथा प्रसारण गर्ने र ‘सफल एवं आनन्दमय जीवनको लागि सकारात्मक बिचार’ लगायतका कार्यक्रम गर्दै छ । 

 

खेल मैदानमा प्रमुख जिल्ला अधिकारी अनिता निरौला र सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइराला लगायत सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो । मैत्रीपूर्ण खेलले हामी बिच रहेको सम्बन्ध र भावनालाई थप एकत्रित गर्न सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी निरौलाले बताइन् । खेलमा हारजित हुने भए पनि मैत्रीपूर्ण खेलले विश्वास र भरोस बढाउने प्रजिअले धारणा राखिन् । 

पत्रकारहरुको टिम

दिवसकै अवसरमा भोलि शनिवार दिउँसो मैत्रीपूर्ण भलिबल प्रतियोगिता पनि हुँदै छ । सोलमारी खेल मैदानमा शनिवार ४ टिमले प्रतिस्पर्धा गर्ने अध्यक्ष घिमिरेले जानकारी दिए । 

 

भलिबल नेपाल प्रहरी र नेपाल सेना (आर्मी), शान्ति दीप युवा क्लब र जनप्रतिनिधि बिच हुने छ । त्यसको लागि तयारी जिल्ला खेलकुद विकास समिति, जिल्ला फुटबल संघ र शान्ति दीप क्लबले संयुक्त रूपमा गर्दै छन् । 

व्यवसायीहरुको टिम

त्यस्तै मन्थली नगरपालिकाले समेत भलिबल कार्यक्रमलाई थप सहजीकरण गर्दै छ । 

 

मैत्रीपूर्ण भलिबल प्रतियोगिता सहितको ‘संविधान दिवस’को कार्यक्रममा मन्थली नगरपालिकाले विशेष कार्यक्रम आयोजना गरेको भनिएको छ । 

पत्रकार र प्राविधिकहरु खेल मैदानमा

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));