नेविसंघ रामेछापले आयोजना गरेको प्रथम नेविसंघ कपको खेल तालिका परिमार्जन

| असोज २०, २०८० शनिबार

फाइल फोटो ।
A A A
A A A

२० असोज, रामेछाप । नेपाल विद्यार्थी संघ रामेछापले आयोजना गरेको ‘प्रथम नेविसंघ कप २०८०’ को खेल तालिका एक दिन थप गरी परिमार्जन सहित सार्वजनिक गरिएको छ । यस अगाडि दुई दिन अगाडि अर्थात् यही असोज २६ गतेदेखि खेल सुरु भएर २८ गते सकिने गरी तालिका सार्वजनिक गरेको नेविसंघ रामेछापले शनिवार बिहान परिमार्जन सहितको मिति राखेर सार्वजनिक गरेको हो । 

 

रामेछाप सहित बागमती प्रदेशका १३ जिल्लाको सहभागिता हुने खुल्ला पुरुष भलिबल प्रतियोगिता अब असोज २८ गते आइतबार देखि सुरु भएर असोज ३० गते मंगलबार सकिने छ । 

 

मन्थली स्थित जिल्ला समन्वय समिति पछाडिको खेल मैदानमा हुने भलिबल प्रतियोगिता केही प्राविधिक कारणले पछाडि सारेको नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीले  रामेछाप टाइम्सलाई बताए । ‘केही प्राविधिक कारणले पछाडि सारेका हौँ । बाँकी पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौँ ।’

परिमार्जित खेल तालिका र मिति बारे नेविसंघ रामेछापले जारी गरेको पत्र ।

अध्यक्ष बुढाथोकीले खेल समापन कार्यक्रममा आउने प्रमुख अतिथि अर्थ मन्त्री प्रकाशन महतको समयलाई ध्यानमा राखेर मिति हेरफेर गरिएको बताएका हुन् । 

 

विजय दशमी, शुभदीपालवी, छठको शुभ अवसरमा आयोजित खुल्ला भलिबल प्रतियोगितामा पहिलो हुने टिमले नगद २ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

 

त्यस्तै दोस्रो हुनेले नगद १ लाख ५० हजार, तेस्रो हुनेले १ लाख र सान्त्वना हुनेले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र जित्ने आयोजकले जनाएको हो । 

 

यस अगाडि सार्वजनिक खेल तालिका सहितको समाचार

नेविसंघ रामेछापले असोज २६ देखि ‘प्रथम नेविसंघ कप’ पुरुष भलिबल प्रतियोगिता गर्ने

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));