१० करोड खर्च गरेर पालिकाका मुख्य सडकलाई ‘मापदण्ड’ अनुसार पक्की जस्तै बनाउँछौँ–अध्यक्ष मोक्तान

| कात्तिक २३, २०८० बिहिबार

A A A
A A A

२३ कात्तिक, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाले मापदण्ड बनाएर मुख्य सडकलाई १२ महिना चल्ने गरी काम गर्न लागेको जनाएको छ । गाउँपालिकाले नविन्तम सोच सहित आम जनताको भावना अनुसार काम गरिरहेको दाबी गरेको छ । 

 

बिहीबार रामेछाप टाइम्ससंग कुराकानी गर्दै पालिका अध्यक्ष मैनकुमार मोक्तानले पालिका भित्रका मुख्य सडकलाई मापदण्ड बनाएर १२ महिना चल्न सक्ने गरी अगाडि बढाएको सुनाउँदै भने ‘हामीले मेरुदण्डका सडकलाई मापदण्डमा ढालेर काम अगाडि बढाएका छौँ’ जुन सडक ६ मिटरको चौडाइ, पक्की डेन, ग्राभेल गरेर रोलर लगाएर पक्की जस्तो बनाउँछौँ ।’

 

करिब १० करोड बढी खर्च गरेर मुख्य मापदण्ड भित्र पर्ने गरी काम गर्ने अध्यक्ष मोक्तानले बताए । निर्वाचित भएको करिब डेढ वर्ष बितिसक्दा समेत नयाँ योजना र दीर्घकालीन विकास निर्माणका काम गरेर जनताको ध्यान तान्न नसकिरहेको अवस्थामा भने पालिका अध्यक्ष आफ्नो बचाउ गर्छन् । 

 

विगतका जनप्रतिनिधिले देखाएका केही कामलाई निरन्तरता दिनु बाहेक प्रभावकारी र दीर्घकालीन योजना लागू गर्न नसकेको कुरालाई पन्छाउँदै अध्यक्ष मोक्तान भन्छन् ‘हामी पहिलेका  जनप्रतिनिधिको विलकुल फरक छौँ, हामीले मापदण्ड बनाएर सडकको काम अगाडि बढाएका छौँ ।’

 

चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ५६ करोड ६४ लाख बराबरको बजेट ल्याएको सो पालिकाले अहिले ठेक्का लगाउने र उपभोक्ता समिति गठन गर्ने काम भइरहेको सुनाए । ‘काम गर्ने सुरसार सुरु भएको छ । ठेक्का लगाउने र उपभोक्ता समिति गठन लगायतका काम भइरहेको छ ।’ 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));