लिखु तामाकोशीको दोस्रो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सैपुको अरुणोदय माविले जित्यो

दोस्रो र तेस्रो वडा नं ६ खिम्ती

| मंसिर १८, २०८० सोमबार

A A A
A A A

१८ मंसिर, रामेछाप । लिखु तामाकोशी गाउँपालिकाको ‘दोस्रो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिताको उपाधि वडा नं २ सैपुको अरुणोदय माद्यामिक विद्यालयले जितेको छ । 

 

गत शनिवारदेखि झटेश्वरी माद्यामिक विद्यालय धोबीको खेल मैदानमा सुरु भएको रनिङ शिल्डमा अरुणोदय मावि प्रथम भएको हो । ९ वटा माविलाई पछि पार्दै शिल्ड जितेको अरुणोदयलाई सोमबार बागमती प्रदेशका सांसद एवं नेकपा एमालेका जिल्ला अध्यक्ष आनन्द कुमार श्रेष्ठ र गाउँपालिका अध्यक्ष केशव महतले संयुक्त रूपमा शिल्ड हस्तान्तरण गरे । 

 

त्यस्तै तीन दिने पालिका स्तरीय रनिङ शिल्डमा दोस्रो वडा नं ६ खिम्ती स्थित जनजागृति माद्यामिक भएको छ । भने धाेबी स्थित झट्टेश्वर उच्च मावि तेस्रो भएको वडा नं ६ का अध्यक्ष शिवप्रसाद न्यौपानेले रामेछाप टाइम्सलाई बताए । 

भव्य रूपमा सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापनमा नेपाली काँग्रेस नेता कृष्ण महत, १ नं क्षेत्रीय सभापति निरोज खड्का, वडा अध्यक्षहरू, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेता सहित नेविसंघ, तरुण दलका नेताहरूको उपस्थिति रहेको थियो । 

१० वटा माध्यमिक विद्यालयको सहभागिता रहेको सो रनिङ शिल्डमा भलिबल,कबड्डी,सर्टफूट,विभिन्न दौड,ज्याबलिङ थ्रो लगायतका खेलहरू खेलाइएको थियो । 

सबै तस्बिर निरोज खड्काको फेस्बुकोबाट साभार ।

 

*यसअघि दाेस्राे र तेस्राे स्रोतले दिएको विवरणमा फरक परेकाले सच्याइएकाे छ, सः