मन्थली नगरपालिकामा सुरु भयो छैटौँ राष्ट्रपति रनिङ शिल्ड, कूल बजेट कति हो ?

बजेट कम भएको हामीले महसुस् गरेका छौं नगरपालिका

| पुस ६, २०८० शुक्रबार

A A A
A A A

६ पुस, रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । तीन दिन सम्म चल्ने यो नगरपालिका स्तरीय रनिङ शिल्ड जिल्ला भित्र हुने सबै भन्दा ठुलो खेलकुद कार्यक्रम हुने नगरपालिकाले दाबी समेत गरेको छ । 

 

नगरपालिका प्रमुख लव श्रेष्ठको अध्यक्षता र सङ्घीय सांसद पूर्णबहादुर तामाङ कान्छाराम प्रमुख आतिथ्यतामा सुरु भएको सो रनिङ शिल्डमा नगरका १४ वटा वडाका २२ वाट माद्यामिक विद्यालयहरूको सहभागिता रहेको आयोजक मन्थली नगरपालिकाले जनाएको छ । 

नगरको वडा नं १ स्थित नागकन्या माविको पछाडि रहेको खेलमैदान र जिल्ला समन्वय समिति पछाडिको मैदानमा सुरु भएको सो प्रतियोगितामा करिब ७ सय छात्रा छात्रले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, उसु र करातेमा प्रतिस्पर्धा गर्ने गर्दै छन् । 

 

नगरपालिकाको आयोजनामा भएको यो रनिङ शिल्ड जिल्ला स्तरीय रनिङ शिल्ड भन्दा निकै ठुलो भएको दाबी गर्दै नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले रामेछाप टाइम्ससंग भने ‘हुन त यो नगरको कार्यक्रम हो । तर, यहाँ २२ वटा माविका विद्यार्थीले भाग लिएका छन् । जुन जिल्ला स्तरीय रनिङ शिल्डमा ८ वटा टिम हुन्छन् । त्यो भन्दा यो धेरै ठुलो प्रतियोगिता हुन । अझ भन्नु पर्दा जिल्लामा हुने कुनै पनि खेलकुद कार्यक्रम भन्दा यो धेरै ठुलो हो ।’

उता विद्यालयहरूले भने नगरपालिकाले रनिङ शिल्डलाई बजेट न्यून छुट्याएर विद्यालयलाई आर्थिक भारमा पारेको भन्दा गम्भीर ध्यानाकर्षण व्यक्त गरेका छन् । विद्यालयहरूले टाढाबाट विद्यार्थी ल्याएर खाजा, खाना समेत खुवाउन नपुग्ने बजेट दिएको भन्दै यो बजेट भोज खान बोलाएर, सुप समेत खुवाउन नपुगेको भन्दै टिप्पणी गरेका छन् । 

 

सङ्घीय सरकारको १ लाख र नगरपालिकाको कूल ८ लाख गरी ९ लाख लागतमा सञ्चालित रनिङ शिल्डमा सहभागी हुने विद्यालयलाई दूरीको अवस्थालाई मध्यनजर गर्दै प्रतिविद्यालय २० हजार देखि माथि नगद प्रदान गर्ने नगरको योजना रहेको सूचना अधिकारी समेत रहेका महाशाखा प्रमुख बुढाथोकीले रामेछाप टाइम्सलाई बताए । ‘यो बजेट थोरै छ भन्ने हामीले पनि महसुस गरेका छौँ’ उनले प्रस्ट्याउँदै भने ‘आगामी दिनमा बजेट बढाउने र निजी र सामुदायिक विद्यालयबिच केही अन्तर गर्ने हाम्रो ध्यान गएको छ ।’

रनिङ शिल्ड कार्यक्रम उद्घाटनलाई सङ्घीय सांसद कान्छाराम सहित प्रदेश सांसदद्वय श्रेष्ठ, जिसस प्रमुख, प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, उपप्रमुख, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाल पत्रकार महासंघ, स्काउट प्रमुख सहितले सम्बोधन सहित शुभकामना दिए । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));