वृहत् रामेछाप महोत्सवको तयारी तीव्र, कृषि सामाग्री राख्नेलाई निशूल्क स्टल, पालिका स्तरीय लोक दोहोरी प्रतियोगिता

| पुस १२, २०८० बिहिबार

A A A
A A A

१२ पुस,रामेछाप । रामेछापमा आउँदो पुस २६ गतेदेखि सुरु हुने ‘वृहत् रामेछाप महोत्सव’को तयारी तीव्र पारिएको छ । यो महोत्सवमा जिल्ला भित्रको कृषि क्षेत्रको विकास र प्रवर्द्धनको लागि पहिलो प्राथमिकता दिएर काम गरिने आयोजकको भनाई छ । 

 

महोत्सव आयोजक रामेछाप उद्योग वाणिज्य संघ रामेछापले आज बिहीबार संघको सचिवालयमा पत्रकार भेटघाट गर्दै २६ गते उद्घाटन गरिने महोत्सवको तयारी तीव्र पारिएको संघका अध्यक्ष नवीन कुमार थापा मगरले बताए । उनका अनुसार १५० वटा स्टल राखिने तयारी अनुसार व्यवस्थापनको कार्य अगाडि बढेको छ । 

 

‘रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत र पर्यटन तथा पूर्वाधार’ हाम्रो रामेछाप, राम्रो रामेछाप भन्ने मूल नाराका साथ जिल्ला समन्वय समितिको पछाडिको मैदानमा हुँदै छ । जसको लागि अहिले स्टल राख्नको लागि मैदान सम्याउने लगाएका काम भइहरेको छ ।

 

कूल ६८ लाख ५० हजार लागत अनुमान गरिएको ११ दिन सम्म चल्ने महोत्सवमा जिल्ला भित्र र बाहिरका ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अध्यक्ष थापा मगरले जानकारी गराए । ‘हामी त्यो भन्दा बढी ल्याउने कोसिस गर्दै छौँ । तर, ५० हजारले अवलोकन गर्छन् ।’

संघले गरेको पत्रकार सम्मेलन, तस्बिर मिलन घिमिरे (बि क) / रामेछाप टाइम्स 

जिल्ला भित्रको कृषि उपज, हस्तकला, संकृतिका सामाग्रीहरूको व्यापक प्रचारप्रसार गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको बताउँदै अध्यक्ष थापा मगरले भने ‘हामीले सबै स्थानीय तहसँग समन्वय गरेर त्यहाँ फलेका, बनाइएका सामाग्रीहरू स्टलमा राख्ने गरी तयारी गर्दैछौं’, कुन गाउँपालिकाको हो नाम सहित प्रदर्शनमा राख्छौँ ।’

 

‘हाम्रो स्टलहरूमा तपाईँहरूले सबै भन्दा धेरै जिल्ला भित्रका कृषि उपज देख्नु हुन्छ ।’

 

विभिन्न १५ वटा उपसमितिहरू गठन गरेर महोत्सव तयारी तीव्र पारेको जानकारी दिँदै संघका अध्यक्ष थापा मगरले ‘हाम्रो स्थानीय तहको ठाउँ अनुसारको जातजातिको संस्कार संस्कृतिलाई समेत समेट्ने, जाति भेषभुषा सहित फलेका जुनार, सुन्तला, किवी, आलु जस्ता सबै उपजहरूलाई राख्छौँ ।’

 

अध्यक्ष थापा मगरले विगतका वर्षहरू भन्दा यो महोत्सव फरक तरिकाले गर्न लागेको तर्क गर्दै स्टलमा स्थानीय उपजहरू राख्ने कृषक, होटेल व्यवसायी र नृत्य प्रस्तुत गर्नेहरूलाई समेत प्रथम, द्वितीय छुटाएर नगदसहित पुरस्कृत गरिने जानकारी दिए । 

 

तामाकोशी नदीमा र्याफ्टिङ समेत सञ्चालन गरेर महोत्सवमा थप मनोरञ्जन दिन लागेको सार्वजनिक गर्दै राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम, बाल मनोरञ्जनात्मक (पिङ लगायत) समावेश गरिने प्रस्ट पारे । 

अर्थ तन्त्र सुस्ताएर निराशा बनेका व्यवसायीहरूमा उत्साह जगाउने र जिल्लामा उत्पादित सम्पूर्ण सामाग्रीहरूको व्यापक प्रचार प्रसार यो महोत्सवबाट हुने सुनाउँदै महोत्सव आयोजक मूल समारोह समितिका संयोजक एवं रामेछाप उद्योग वाणिज्य संघ निवर्तमान अध्यक्ष केशव प्रसाद घिमिरेले यहाँको उत्पादनको राष्ट्रिय स्तर सम्म प्रचारप्रसार हुने सुनाए । ‘हाम्रो स्टलहरूमा तपाईँहरूले सबै भन्दा धेरै जिल्ला भित्रका कृषि उपज देख्नु हुन्छ ।’

 

त्यस्तै स्थानीय खानाका परिकारहरू हुने छन् । भने, साहित्य खेलकुद सामाग्री रहेन छन् । ‘कृषि उपज राख्नेहरूलाई सकेसम्म हामी निःशुल्क स्टल राख्ने दिन्छौँ’, अध्यक्ष थापा मगरले थपे ‘यसरी स्थानीय उपजहरूलाई प्राथमिकता दिएर स्टलमा राख्नेहरूलाई पुरस्कृत नगद सहित पुरस्कार समेत गर्दैछौं ।’ 

 

जिल्ला भित्रका जातजातिका भेषभूषाको, स्थानीय तहमा फल्ने कृषि उपजको ‘लोक दोहोरी मार्फत’ प्रचारप्रसार समेत गरिने यो महोत्सवमा प्रवेश गर्न समेत वृद्ध वृद्धा, पूर्ण अशक्त, अपाङ्गतालाई निःशुल्क व्यवस्था गरिएको महासचिव कुमार श्रेष्ठले जानकारी दिए । ‘त्यसको लागि आयोजकले निश्चित मापदण्ड बनाएको छ’ सो परिधिभित्र रहेर प्रवेशमा हामीले सहज बनाएका छौँ ।’ साथै विद्यार्थीहरूलाई पनि विशेष छुट् दिने बताइएको छ ।

 

यही पुसको २६ गते उद्घाटन हुने वृहत् रामेछाप महोत्सवलाई सफल पार्न सम्पूर्ण जिल्लावासी आह्वान गर्दै संघका अध्यक्ष थापा मगरले सबैले सहयोग र प्रचारप्रसार गरेर सहयोग गर्न पनि जिल्लावासीमा अपिल गरे । 

 

महोत्सव बागमती प्रदेशका मुख्य मन्त्री शालिक राम जम्कटेल्ले उद्घाटन गर्ने बताइएको छ । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));