‘बृहत् रामेछाप महोत्सव’ : दैनिक हजारौँको भीड, ३० हजार बढीले अवलोकन गरे, आज यस कारण झन् भिड्

| माघ ३, २०८० बुधबार

तस्बिर मन्थली डेल्ली फेस्बुक पेजबाट साभार ।
A A A
A A A

३ माघ, रामेछाप । गएको पुस २६ गतेदेखि जिल्ला सदरमुकाम मन्थलीमा ‘रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका सहित सुरु भएको ‘वृहत् रामेछाप महोत्सव’ मा हाल सम्म ३० हजार भन्दा बढीले अवलोकन गरेका छन् । दैनिक हजारौँको संख्यामा महोत्सवको अवलोकन गर्न भीड लागेपछि व्यवसायीहरू हौसिएका छन् । 

 

उद्घाटनको दिन बाहेक दैनिक ५ हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरिरहेको आयोजक रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन कुमार थापामगरले रामेछाप टाइम्सलाई बताए । ‘हामीले सोचे भन्दा उल्लेख्य मात्रै दर्शकहरू आइरहनु भएको छ’, महोत्सव हाल सम्म भव्य रूपमा सफल भएको विश्वास सहित अध्यक्ष थापा मगरले भने ‘दैनिक ५ हजार भन्दा बढीले अवलोकन गरेका छन् ।’

 

उनका अनुसार उद्घाटनको पहिलो दिन १९ सय, मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सुरु भएको पहिलो दिन अर्थात् महोत्सवको दोस्रो दिन ६ हजार १ सय जनाले अवलोकन गरेका छन् । 

 

त्यस्तै तेस्रो दिन ७ हजार भन्दा बढी, चौथो दिन ८ हजार ४ सय बढी र पाँचौँ दिन ८ हजार ५ सय भन्दा बढीले टिकट लिएर महोत्सव अवलोकन गर्न आएका हुन् । ‘यी मध्येमा लबगब ४/५ हजार मान्छे मन्थली आसपासका दोहोरिएका छन् । नत्र अरू अवलोकनको लागि आउनेहरू नै पाएका छौँ’, प्रस्ट्याउँदै थापा मगरले भने ।

 

‘यो महोत्सवको उद्देश्य पनि त्यही हो, सुस्ताएको व्यवसाय चलायमान पक्कै भएको छ ।’

 

आफूहरूले सोचे भन्दा निकै भव्य र सफल ढङ्गले महोत्सव अगाडि बढी रहेको उल्लेख गर्दै स्टलमा रहेका व्यवसायीहरूले समेत व्यापार व्यवसाय चलाएमान् भएको सुनाउने गरेको थापा मगरले सुनाए । ‘उहाँहरू खुसी हुनुहुन्छ, अहिले व्यवसाय पनि राम्रो नै हुन थालेको बताउनु हुन्छ ।’

 

जिल्ला भित्र उत्पादित कृषि, हस्तकला, परम्परागत र बजार नपाएर खेर गइरहेका सामाग्रीलाई बजारीकरण र प्रचारप्रसार गर्ने उद्देश्यका साथ गराइएको ११ दिने वृहत् महोत्सवमा गाउँ गाउँमा उत्पादित किवी, आलु, सुन्तला, जुनार, आलुका परिकार, हस्तकलाका सामाग्रीहरू, चोयाबाट बुनेका उपयोगी तथा सजावटका सामाग्रीहरू, चिया, जाती विशेष सामाग्रीहरू, ढाकाका कपडा, गलैँचा, राडी जस्ता स्थानीय उत्पादनलाई प्राथमिकता दिएर निःशुल्क स्टल उपलब्ध गरी धमाधम बिक्री भइरहेको छ । 

 

तीन दिन बाँकी छदा ३० हजार भन्दा बढी दर्शकले अवलोकन गर्दा आयोजकले राखेको ५० हजार दर्शक अवलोकन गर्ने लक्ष्य पूरा हुने देखिएको छ । साथै कारोबार पनि उल्लेख्य रूपमा भएको हुँदा कोरोना महामारी, मूल्य वृद्धि, आर्थिक मन्दी लगायतले सुस्ताको व्यवसाय समेत थप चलायमान बन्न टेवा पुगेको अध्यक्ष थापा मगरले जिकिर गरे । ‘यो महोत्सवको उद्देश्य पनि त्यही हो, सुस्ताएको व्यवसाय चलायमान पक्कै भएको छ ।’

आज ज्योति मगर सहितका चर्चित कलाकारको प्रस्तुति 

यसैबिच बुधवार आज बहुचर्चित कलाकारहरूले मनोरञ्जन दिने भएका छन् । मोडल तथा गायन मार्फत अधिक दर्शक तान्न सफल चर्चित गायिका ज्योति मगर सहितका कलाकारले आज मनोरञ्जन दिने आयोजकले जनाएको हो । 

 

स्थानीय कलाकारहरू सहितको बेजो प्रस्तुति रहने आजको साँझ रामेछाप घर भएका गायक विवश बस्नेत, सविन चौहान, दीपक लाखे, सुरज बुढाथोकी,पासाङ लामा र ‘जादुगर’ रमेश पौडेल (खत्री) आउने महोत्सव आयोजक उपसमितिका प्रचारप्रसार विभाग प्रमुख राजु श्रेष्ठ ‘विजय’ ले जानकारी दिए ।

 

अन्य दिनको तुलनामा बुधवार आज दर्शक बढ्न सक्ने आयोजकको दाबी समेत रहेको छ । युवा, युवतीको रोजाइमा पर्दै आएकी ज्योति मगर आउने भएसँगै आज अन्य दिनको तुलनामा दर्शक बढ्ने आयोजकको दाबी रहेको छ । 

 

महोत्सवको यी समाचार पढ्न छुटाउनु भयो की ?

वृहत् रामेछाप महोत्सव : आज यी कलाकार आउँदै, दोस्रो दिन ७ हजार बढीले अवलोकन गरे

वृहत् रामेछाप महोत्सवः भोलि प्रमोद खरेल सहितका यी कलाकार आउदै, कुन दिन कुन कलाकार आउने, (सूचीसहित)

वृहत् रामेछाप महोत्सव दोस्रो दिन : आज यी चर्चित कलाकार आउँदै

वृहत् रामेछाप महोत्सवको तयारी यसरी हुँदै, प्रमोद खरेल देखि यी कलाकार आउने ?

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));