रामेछापको खैरेनीघाट–राकाथुम–गाल्पा सडकलाई प्रदेश सरकारद्वारा ‘वहुवर्षीय आयोजना’ घोषणा, १० करोड बजेट विनियोजन

| माघ १९, २०८० शुक्रबार

फाइल फोटो ।
A A A
A A A

१९ माघ, रामेछाप । रामेछापको खैरेनीघाट–राकाथुम–गाल्पा सडकलाई प्रदेश सरकारले ‘वहुवर्षीय आयोजना’ घोषणा गरेको छ । 

 

जिल्लाको खाँडादेवी, सुनापति र दोरम्बा गाउँपालिकालाई जोड्ने यो सडकलाई प्रदेश सरकारको बुधवार बसेको बैठकले ‘वहुवर्षीय योजना’ घोषणा गर्दै चालु आर्थिक वर्षको लागि दश करोड रकम समेत विनियोजन गरेको रामेछापबाट निर्वाचित प्रदेश सांसद युवराज चौलागाईले रामेछाप टाइम्सलाई बताए । 

 

‘मैले प्रदेश सरकारलाई गरेको सिफारिसको आधारमा निर्णय गरेको हो’ सांसद चौलागाईले भने ।

 

 

खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमदेखि तीन वडा पालिकालाई जोड्ने यो सडक जिल्लाको क्षेत्र नं २ को महत्त्वपूर्ण सडक हो । अब बहुवर्षीय योजना मार्फत यो सडकलाई कालो पत्रे गरिने सांसद चौलागाईले बताए ।