दोरम्बा शैलुङ गाउँपालिकामा सोनाम ल्होसार मनाउन आइतबार सार्वजनिक बिदा

| माघ २६, २०८० शुक्रबार

फाइल फोटो ।
A A A
A A A

२६ माघ, रामेछाप । शनिवार (भोलि) तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारको बिदा दोरम्बा शैलुङ गाउँपालिकाले पर्सी आइतबार दिएको छ । 

 

आज शुक्रवार गाउँ कार्यपालिकाको कार्यकालमा बसेको बैठकले ‘सोनाम ल्होसार’को अवसरमा शनिवार बाहेक आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला पाठनले जारी गरेको पत्रमा उल्लेख छ । 

 

सो पत्रमा ‘यस गाउँपालिका भर २७ शनिवार र २८ गते आइतबार सरकारी निकाय, संघ संस्था तथा विद्यालयहरूमा ‘स्थानीय पर्व बिदा’ दिएको’ उल्लेख छ । 

 

यस अगाडि जिल्लाको सुनापति गाउँपालिका शनिवार बाहेक आइतबार र सोमबार दुई दिन ल्होसार पर्वको बिदा दिए सकेको छ । 

 

यो हेर्नुहोस् पत्र