रामेछाप बाबिया खर्कको मालगिरी विकास केन्द्रद्वारा संचालित एम्बुलेन्स दैनिक खाद्यान्न बोक्न प्रयोग (भिडिओसहित)

| माघ २८, २०८० आइतबार

A A A
A A A

२८ माघ, रामेछाप । मालगिरी विकास केन्द्र बाबिया खर्च रामेछापद्वार संचालित एम्बुलेन्स दैनिक बिरामी बोक्न छोडेर  खाद्यान्न ओसार्न प्रयोग भएको भेटिएको छ । रामेछाप टाइम्सले केही दिन यता यो एम्बुलेन्सलाई फलो अप गर्ने क्रममा दैनिक खाद्यान्न ओसार्न प्रयोग भएको भेटिएको हो । 

 

रामेछाप नगरपालिका वडा नं ८ बाबिया खर्क स्थित उक्त संस्थाद्वारा संचालित प्रदेश नं ३–०१–०२४ घ १७७६ नम्बरको एम्बुलेन्स दैनिक मन्थलीका विभिन्न पसलहरूबाट खाद्यान्न ओसार्न कुदिरहेको भेटिएको हो । रामेछाप टाइम्सले एम्बुलेन्समा खाद्यान्नका सामाग्री लोड गर्दै भेटेको हो । 

 

यसै विषयमा पछिल्लो पटक मन्थली भैशेश्वर स्थित श्याम स्टोरकी सञ्चालिकासँग रामेछाप टाइम्ससंगको  कुराकानीमा आफूहरुकोबाट एक दिन सामान लगेको बताउँदै अन्य कुरा भने आफूहरूलाई थाहा नभएको बताइन् । ‘एक दिन हामीसँगबाट लानु भएको हो, अरुत उहाँसँगै कुरा गर्नुहोस् ।’ उनी सो विषयमा थप बोल्न चाहिनन् ।

 

सोही विषयमा रामेछाप टाइम्सले पटक-पटक एम्बुलेन्समा ‘सम्पर्क’ भनेर राखेको नम्बरमा फोन गर्दा चालकले फोन काटे । उनी सम्पर्कमा आउन चहेनन् । यसरी एम्बुलेन्सले बोक्ने खाद्यान्न कसको लागि किन बोकेको भन्ने चालक सम्पर्कमा नआउँद खुल्न सकेको छैन । 

 

यसै विषयमा रामेछाप टाइम्सले बुझ्ने क्रममा रामेछाप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख (जन स्वास्थ्य अधिकृत) विष्णुबहादुर कार्कीले एम्बुलेन्सले खाद्यान्न त के बिरामी बाहेक सन्चो मान्छे समेत बोक्न नहुने प्रष्ट पारे । 

 

उनले भने ‘त्यो गर्न पाइँदै–पाइँदैन, एम्बुलेन्सले बिरामी बाहेक अरू केही बोक्न कानूनत गलत हो, त्यसको सम्बन्धित निकायमा खबर गरेमा तत्काल कारबाही हुन्छ ।’

 

यसै विषयमा प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले आफूलाई उक्त विषयमा कुनै जानकारी नरहेको बताउँदै विवरण हेरेर थप अनुसन्धान गर्ने बताइन् । ‘त्यो मलाई तपाईँबाटै जानकारी आयो, मैले सुनेको छैन । एम्बुलेन्सले त्यस्तो गतिविधि गर्न पाइदैन् । थप बुझेर अगाडि बत्ताउँछु ।’ 

 

भिडिओ हेर्नुहोस्