रामेछापको मन्थलीमा धार्मिक कार्य ‘श्रीमद्भागवत ज्ञान महायज्ञ’ सुरु

| फागुन ११, २०८० शनिबार

A A A
A A A

१२ फागुन, रामेछाप । रामेछापको मन्थली भैशेश्वरमा श्रीमद्भागवत सप्ताह एवम् पाञ्चायन ज्ञान महायज्ञ सुरु भएको छ । शुक्रवार अपराह्न तामाकोशी नदीदेखि यज्ञ स्थल सम्म जल यात्रा गरी महायज्ञ सुरु गरिएको हो । 

 

शिव शक्ति कल्याणी साहरा आश्रमको व्यवस्थापन तथा श्रीमद्भागवत सप्ताह एवम् पाञ्चायन ज्ञान महायज्ञ देवीदेवता पूजन ज्ञान महायज्ञ मूल समारोह समितिको आयोजनामा सुरु भएको हो । 

 

यही फागुन १९ गते शनिवार सम्म हुनु धार्मिक महायज्ञ शुक्रवार भव्य ‘कलश यात्रा’ सहित समुद्घाटन गरिएको हो । यज्ञको विभिन्न व्यक्तिहरूको उपस्थितिमा रामेछाप नगरापालिका नगर प्रमुख लवश्री न्यौपानेले उद्घाटन गरेका हुन् ।  

 

आज शनिवार देखि कया शुभारम्भ, १८ गते तिल चढाई कथा सु–सम्पन्न गरी लाख बत्तीद्वारा आरती गरी रात्रीमा जाग्राम हुने छ । त्यस्तै फागुन १९ गते यज्ञ सु–सम्पन्न र जलप्रसाद वितरण गरी समापन हुने आयोजकले जानकारी दिएको हो । 

 

 

‘शिव शक्ति कल्याणी साहरा आश्रममा समस्त पितृ मुक्तिका कामना गर्दै प्रखर कथा बाधक दीपक सापकोटाज्यूको मुखारविन्दबाट वाचन हुने श्रीमद्भागवत सप्ताह एवं पाञ्चायन देवीदेवता पूजन ज्ञान महायज्ञ हुने भएको हुँदा यस महान् कार्यमा सहभागी भई यज्ञको महिमा बढाउनुका होला’ आयोजकले निमन्त्रणा गर्दै भनेको छ ।