फागुन २१ गतेदेखि हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल्न रामेछापका १२३ जना यी उत्कृष्ट खेलाडी छनोट भए (नामावलीसहित)

एथ्लेटिक्स तर्फ खेल्न मिल्ने गरी एकै खेलाडी दुई भन्दा बढीमा समेत समेट्दै खेलाडी छानियो

| फागुन १४, २०८० सोमबार

छनोटमा परेका खेलाडी दायाँबाट दावा तामाङ, कञ्चना श्रेष्ठ, डेण्डी शेर्पा र यमुना कार्की, तस्बिर अर्काभ ।
A A A
A A A

१४ फागुन, रामेछाप । गएको पुस २४ गते जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरेको रामेछापले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भाग लिने खेलाडीहरू छनोट गरेको छ । पालिका स्तरीय र जिल्ला स्तरीय रनिङ शिल्डमा उत्कृष्ट खेल प्रदर्शन खेलाडीहरूलाई उनीहरूको प्रदर्शनीको आधारमा छनोट गर्दै प्रदेशमा प्रतिस्पर्धा गर्ने खेलाडीहरूको नाम छानेको हो । 

 

यसरी छनोट भएका खेलाडीहरूलाई यही फागुन २१ गते देखि चितवनमा हुने बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा गर्नको लागि जानु पर्ने भएकाले छनोट भएका खेलाडीहरूलाई १९ गतेभित्रै सम्पर्क गरिदिन जिल्ला खेलकुद विकास समिति (जिखेव) ले यहाँका सबै स्थानीय तहलाई आग्रह समेत गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज गाहा मगरले रामेछाप टाइम्सलाई बताए । 

 

गत शुक्रवार जिल्ला खेलकुद विकास (जिखेव) कार्यालय प्रमुख विष्णु कुमार श्रेष्ठले जिल्लाका आठ वटै स्थानीय तहलाई पत्र पठाउँदै समितिले ‘फागुन २१ र २२ गते चितवनको भरतपुरमा सञ्चालन हुने भएकोले ताँहा पालिकाहरूबाट प्रदेश प्रतियोगितामा छनौट भएका सम्पूर्ण खेलाडीहरू यस २० गते बिहान ८ बजे भित्र उपस्थित गराई दिन’ अनुरोध गर्दछौँ भनिएको छ । 

 

सोही पत्र अनुसार पालिकाहरूले समेत खेलाडीहरूलाई सम्पर्क गर्न आग्रह गरी सकेका छन् । 

 

भन्सुन, राजनीति, आफ्ना नजिकका केही हेरेका छैनौ’

 

खेलाडीहरूले प्रदर्शन गरेका खेलको आधारमा निर्णायकहरुले  स्वतन्त्र छनोटबाट खेलाडीहरू छानिएको बताउँदै खेलकुद विकास समिति (जिखेव) का अध्यक्ष गाहा मगरले रामेछाप टाइम्ससंग भने ‘हामीले निर्णायकहरुले गरेको निर्णयको आधारमा छानेका छौँ’ यसमा अन्य कुनै पनि भन्सुन, राजनीति, आफ्ना नजिकका केही हेरेका छैनौ’ प्रस्ट पार्दै अध्यक्ष गाहा मगरले भने । 

 

गत वर्षमा समितिले छनोट गर्दा राजनीति विचार र सिद्धान्त फरक रहेकाहरूलाई छनोट नगरेको भन्दै आलोचना भएको थियो । 

 

विभिन्न विधामा उत्कृष्टता प्रदर्शन गर्ने एक सय जना भन्दा बढी खेलाडीहरूको नाम टुङ्गो लगाउँदै (जिखेव) प्रदेश स्तरीय खेलकुद तयारीमा आफूहरू लागेको (जिखेव) का अध्यक्ष गाहा मगरको भनाई छ । ‘हामीले करिब ११० जना खेलाडी भन्दा बढीको नाम छनोट गरी सकेका छौं’ ।

 

(जिखेव) ले सार्वजनिक गरेको नामावली अनुसार खाँडादेवी गाउँपालिकाबाट ८ जना, दोरम्बा शैलुङ् गाउँपालिकाबाट ११ जना, लिखु तामाकोशी गाउँपालिबाट ६ जना, गोकुलगंगा गाउँपालिकाबाट ७, उमाकुण्ड गाउँपालिकाबाट २७ जना र सुनापतिका गाउँपालिकाबाट सबै भन्दा कम ५ जना खेलाडी छनोट भएका उल्लेख छ । 

 

त्यस्तै जिल्ला सदरमुकाम मन्थली समेत रहेको र ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड लगातार दोस्रो पटक विजेता मन्थली नगरपालिकाका ४२ जना खेलाडी छनोट भएका छन् ।

 

भने, ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा धाँदलि भएको भन्दै बिचैमा खेल बहिस्कार गरेर समेत हिँडेको रामेछाप नगरपालिकाबाट १७ खेलाडी प्रदेशको लागि छनोट भएका छन् । यसरी जिखेवले एक सय २३ जना खेलाडीको नाम छनोट गरेको हो । खेलाडी, प्रशिक्षक, टिम कोच, व्यवस्थापक सहित हामी एक सय ३० जनाको हाराहारीमा चितवन जान्छौँ’ अध्यक्ष गाहा मगरले भने । 

 

यसरी छनोटमा परेका खेलाडीहरुले टिममा खेल्ने गेम बाहेक अन्य ऐथ्लेटिक्समा एकै खेलाडी दुई भन्दा बढीमा समेत एकै व्यक्त छनोट भएको बताइएको छ । खेल्न मिल्ने गरी खेलाडी छनोट् गरिएको अध्यक्ष गाहाले प्रष्ट पारे  ।

 

यो हेर्नुहोस् छनोट भएका खेलाडीहरुको नामावली