नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघ बागमती प्रदेशको सचिवमा रामेछापका धनराज मोक्तान

| फागुन १६, २०८० बुधबार

धनराज मोक्तान
A A A
A A A

१६ फागुन, रामेछाप । नेपाल  अन्तर्राष्ट्रिय तेक्वान्दो संघ (आइतिएफ) बागमती प्रदेशको सचिवमा रामेछापका धनराज मोक्तान चयन भएका छन् । गत बिहीबार सम्पन्न संघको बैठकले ६ महिना भित्रमा अधिवेशन तथा साधारण सभा सम्पन्न गर्ने गरी प्रदेश तेक्वान्दो संघ (आइतिएफ) को तदर्थ समिति गठन गरेको हो । 

 

जसको सचिवमा रामेछाप खाँडादेवीका मोक्तान चयन भएका छन् । गठित १९ सदस्यीय तदर्थ समितिमा तेज घिसिङ सदस्यमा चयन भएका छन् । रामेछापका दुई सहित प्रदेशका १३ वटै जिल्लाबाट १९ सदस्य तदर्थ समिति गठन गरिएको हो । 

 

जसको अध्यक्षमा काभ्रेका किशोर बरुण श्रेष्ठ चयन भएका छन् । भने, उपाध्यक्षमा काठमाडौंका सुदिप जंग पण्डित, भक्तपुराका आशिस कार्की,  मकवानपुरका राजेश बोलाखे र चितवनका रोशन आचार्य चयन भएका छन् । 

 

त्यस्तै सह सचिवमा चितवनकै रमेश श्रेष्ठ, कोषाध्यक्षमा ललितपुरका बबिता राजथलाले जिम्मेवारी पाएकी छन् । १३ जिल्लाका सबैलाई समेटेर प्रदेश तदर्थ समिति गठन गरिएको नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका महासचिव घमबहादुर थापा मगरले जानकारी दिए ।