हिमाल तराई यातायातले काठमाडौँ–मन्थली हुँदै दोरम्बाको डडुवासम्म बस संचालनमा ल्यायो

| फागुन १७, २०८० बिहिबार

A A A
A A A

१७ फागुन, रामेछाप । गणेश हिमाल तराई यातायातले रामेछापको दोरम्बा शैलुङ्मा क्षेत्रमा सेवा विस्तार गरेको छ । अब नियमित यात्रु बाहक बस चल्ने यातायात समितिले जानकारी दिएको हो । 

 

 

बिहीबार काठमाडौँ–मन्थली–चनखु–फुलासी पोखरी–बिस्ली बौद्ध– नाग्थली हुँदै यात्रु बाहक बस दोरम्बा शैलुङ् गाउँपालिका वडा नं १ डडुवा सम्म पुगेको मन्थली काउन्टरका सन्दीप थापाले रामेछाप टाइम्सलाई बताए । 

 

 

जिल्लामा पछिल्लो पटक उमाकुण्ड गाउँपालिका वडा नं ३ कुँबुँकाँस्थली–बाम्तीभण्डार सम्म सेवा विस्तार गरेको हिमाल तराईले दोरम्बा क्षेत्रमा सेवा विस्तार गरेको हो । लामो समय देखि सिन्डिकेटको रूपमा निर्वाद् रूपमा सञ्चालन हुँदै आएको अरनिको यातायात समितिसँग प्रतिस्पर्धा गर्न हिमाल तराई लागि परेको हो । 

 

 

मन्थली काउन्टरका थापाका अनुसार काठमाडौँबाट बिहान ८ बजे छुट्ने बस दिउँसो २ बजे मन्थलीबाट दोरम्बा शैलुङ्ग तर्फ हिँड्ने छ । 

 

 

अरनिको यातायात र केही साना गाडी (सुमो बोलेर) को मात्रै यात्रा गर्न बाध्य स्थानीयहरूलाई पनि यातायात समितिहरूले सेवा विस्तार गर्दै लगेपछि थप सहज भएको छ ।