प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले ५० प्रतिशत अनुदानमा दियो बोका-पाठी (भिडिओ)

| बैशाख १८, २०८१ मंगलबार

A A A
A A A

१८ वैशाख, रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले किसानलाई उन्नत जातका बोका पाठा-पाठी हस्तान्तरण गरेको छ । चालु आर्थिक वर्षको दोस्रो पटक परियोजनाले किसान, कृषि समूह,कृषि सहकारी, फार्मबाट माग भई आए अनुसार बोयर र जमुना पारी जातका बोका-पाठी सोमबार किसानलाई बुझाएको हो । 

 

सोमबार कार्यालय प्रमुख थिरलाल गैरेले ४ वटा बोयर बोका, २ वटा सोही जातका पाठी, २ वटा जमुनापारी जातका बोका र २ वटा सोही जातका पाठी माग गर्ने कृषकहरूलाई हस्तान्तरण गरेका हुन् । परियोजनाले किसानहरूको माग अनुसारका २० केजी देखि ५० केजी सम्म तौल भएका बोयर र जमुनापारी जातका बोका-पाठी दिएको हो । 

 

परियोजनाले मन्थली नगरपालिकासहित खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकामा बाख्रा जोन क्षेत्र तोकेर स्थापना कालदेखि नै काम गर्दै आएको छ । जसअनुसार किसाहरुसंग समन्वय, सूचीकृत र माग गर्दै उनीहरूको आवश्यकता अनुसारका उन्नत जातका बाख्रा, बारी जोत्ने ट्याक्टर, उन्नत जातका बिउ, आवश्यक कृषि यान्त्रिकीकरण ४० प्रतिशत अनुदानमा सहयोग गर्दै आएको छ । 

 

रामेछाप नगरपालिकालाई जुनार जोन अन्तर्गत धमाधम काम गरिरहेको छ । भने, दोरम्बा शैलुङ्, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा परियोजनाले आलु जोन क्षेत्र तोकेर सहकार्य र सहयोग गर्दै आएको छ । 

 

परियोजनाले किसानसँग बारी–बारी पुगेर सहयोग गर्दा उत्पादन वृद्धि हुनुका साथै प्राविधिक राहत, बिउ बिजन सहयोग, प्रविधिको प्रयोगमा सहजता, कृषि ज्ञान, कृषिमा लगनशितला, बजारीकरणमा समेत राहत बढ्दै गएको किसानहरू बत्ताउँछन् । 

 

चालु आर्थिक वर्षमा बोका-पाठी वितरणको कार्यको केही बजेट बाँकी रहेकाले किसानबाट माग भएमा अझै वितरण गर्न सकिने परियोजना कार्यान्वयन इकाई रामेछापको भनाई छ । 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));