आज मन्थली जिल्ला समन्वय समिति पछाडि एक दिने हाट लाग्ने

| बैशाख १९, २०८१ बुधबार

A A A
A A A

१९ वैशाख, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा बुधवार (आज) एक दिने हाट लाग्ने भएको छ । मन्थलीमा साप्ताहिक रूपमा प्रत्येक सोमबार लाग्दै आएको हाट भन्दा यो जिल्ला कृषि सहकारीको आयोजनामा लाग्न लागेको हो । 

 

बुधवार सार्वजनिक बिदा समेत परेकाले जिल्ला कृषि सहकारी संघको वास्तविक किसानलाई सहयोग गर्ने उद्देश्यले आज एक दिन जिल्लाका आठ वटै स्थानीय तहका कृषि उपजहरूलाई खरिद, बिक्री गर्ने उद्देश्यले हाट सञ्चालन गर्न लागेको मन्थलीका विपिन भट्टराईले रामेछाप टाइम्सलाई बताए । 

 

‘हामीले गुम्देलदेखि गौश्वार सम्मका किसानले उत्पादन गरेका फलफूल, आलु, तरकारी सहितको बिक्री गर्नको लागि स्थानीयहरूसँग समन्वय गरेर बिक्री गर्नलाई परीक्षणको लागि आज एक दिन बिहान ६ बजे देखि ९ बजेसम्म जिल्ला समन्वय समिति पछाडिको चौरमा हाट सञ्चालन गर्न लागेका हौँ’, विपिनले भने । 

 

जिल्लाका वास्तविक किसानले उत्पादन गरेका सामाग्री सहकारीको सहयोग र समन्वयमा बिक्री गरिदिने हेतुका साथ यो हाट सञ्चालन गर्न लागेको र आगामी दिनमा कसरी जान सकिन्छ भन्ने बारेमा आजको परीक्षण पछि थप छलफल गरेर अगाडि बढ्ने उनको भनाई छ । 

 

 

बिहान ६ बजेदेखि ९ बजे सम्म जिल्ला समन्वय समिति पछाडि आज हाट लाग्ने भएको हो । त्यसको लागि सामाग्रीहरू ल्याउने काम सहित सबै तयारी पूरा भएको भट्टराईले बताए । 

 

मन्थलीमा प्रत्येक हप्ताको सोमबार तीनलाल पार्क नजिकै हाट्टेचौरमा सबै प्रकारका सामाग्री, खाद्यान्न, लत्ता पकडा, मासु, तरकारी सहितका सामाग्री उपलब्ध हुने हाट विगतदेखि नै लाग्दै आएको छ । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));