रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा मन्थलीमा सुरु भयो कफी बनाउने तालिम (भिडिओसहित)

| बैशाख २०, २०८१ बिहिबार

A A A
A A A

२० वैशाख, रामेछाप । रामेछापको मन्थलीमा १५ दिने कफी बनाउने (कफी वारिष्ट) तालिम सुरु भएको छ । मन्थली नगरपालिका वडा नं १ को आर्थिक सहयोगमा रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा कफी बनाउने तालिम सुरु भएको हो । 

 

मन्थली फ्रिडम रिसोर्टमा आर्थिक सहयोग गर्ने वडा मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष होम प्रसाद पौडेल (रामहरि) सहितको उपस्थितिमा नगरपालिका प्रमुख लव श्रेष्ठले तालिम उद्घाटन गरेका हुन् । व्यवसायीक रूपमा होटेल संचालन गर्दै आएका विभिन्न १७ जना होटेल व्यवसायीहरूको सहभागिता रहेको उक्त तालिम संघका अध्यक्ष नवीन थापा मगरको अध्यक्षतामा निवर्तमान अध्यक्ष केशव घिमिरे, उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख सुवोध कुमार कर्मयोगीलगायत संघका प्रदाधिकारीहरु समेतको उपस्थितिमा उद्घाटन गरिएको हो । 

 

 

मन्थलीमा आन्तरिक तथा बाह्य पर्यटकहरू समेतको चहल पहल बढ्दै जाँदा कफीको माग बढ्नु र माग अनुसारको कफी हाल सहज रूपमा उपलब्ध हुने स्थिति नदेखिएपछि तालिम दिएर दक्ष कफी बनाउने जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम दिन लागिएको संघका अध्यक्ष थापा मगरले प्रस्ट्याउँदै जानकारी गराए । 

 

 

‘आजको दिनमा कफी बनाउने तालिम यहाँ आवश्यक देखिए चलाउन लागेका हौँ । तपाईँहरूसँग शिक्षा छ । अब शिक्षालाई सिपसँग’ ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने हाम्रो योजना छ’, अध्यक्ष थापा मगरले भने ।

 

बिहीबार देखि सुरु भएको तालिम आगामी जेठ ०३ गते सम्म चल्ने संघका महासचिव कुमार श्रेष्ठले जानकारी गराए । सहभागीहरुलाई लामो समयदेखि व्यवसायीक रुपमा कफीको क्षेत्रमा काम, तालिम, व्यवसाय संचालन गर्दै आएका मन्थली नगरपालिका वडा नं १४ फुलासीका युवा उमेश खड्काले प्रशिक्षण गर्ने छन् । 

 

तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठ, उद्योग तथा वाणिज्य कार्यालय प्रमुख कर्मयोगी, संघका निवर्तमान अध्यक्ष घिमिरेले जिल्लाको माग धान्न सक्ने जनशक्ति उत्पादन उत्पादन गर्ने, कफीका प्रकार र भेराइटीहरु तयार पार्न सक्ने बनाउन जोड् दिए । उनीहरुले बढ्दो कफीको मागलाई ध्यानमा राखेर उत्पादन गर्न सक्ने जनशक्ति तयार हुनु पर्नेमा जोड् दिए ।

 

कसले के-के भने हेर्नुहोस् पूरा भिडियो ?


(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));