रामेछाप नगरपालिकाले प्रधानमन्त्रीलाई बुझायो माग पत्र–‘आगलागी पीडितलाई राहत र पुनस्थापनसंगै सेलेघाट–साँघुटार सडकको मुआब्जा व्यवस्थापन गरिदिनुस्’

| बैशाख २७, २०८१ बिहिबार

फाइल फोटो ।
A A A
A A A

२७ वैशाख, रामेछाप । रामेछाप नगरपालिकाले नगर भित्रका महत्त्वपूर्ण विषय उठान गर्दै प्रधानमन्त्रीलाई पत्र बुझाएको छ । आफ्नो मागलाई सम्बोधन गर्न पनि नगरपालिकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छ । 

 

बुधवार सिन्धुलीको खुर्कोट नजिकै ‘ब्रेक थ्रु’ भएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको उद्घाटनमा आए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले सेलेघाट–रामेछाप–साँघुटार सडक खण्डमा रहेको हटाउनु पर्ने घर, टहरा सहितका माग उल्लेख गर्दै माग पत्र बुझाएका हुन् । 

 

पत्र बुझाएको बारेमा बिहीबार नगरका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष समीर कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएका हुन् । 

 

प्रवक्ता कार्कीले जारी गरेको पत्रमा ‘सेलेघाट–साँघुटार सडकसहित फलफूलजन्य बोट  बिरुवाहरूको निर्धारित मुआब्जा बापतको रकम यथाशीघ्र व्यवस्थापन गरिदिन, सुनकोशी मरिन डाइभर्सन योजना सम्पन्न भए पश्चात् सुनकोशी नदीसँग आश्रित रहेका नगरपालिकाको डा नं ९, ८, ७ र ५ का नागरिकको खेतीयोग्य जमिन, खानेपानी र सिचाइको दीर्घकालीन उचित व्यवस्थापन गरिदिन’ भनिएको उल्लेख छ । 

 

त्यस्तै नगरभित्रका सबै वडामा भएको भीषण आगलागीका कारण घर संरचना लगायत ठुलो धन–जनको क्षति, करिब ४० हजार मिटर खानेपानी तथा सिचाइका पाइपहरू जलेर नष्ट भएको भन्दै धन जनको क्षति बापत राहत तथा पुनर्स्थापना, खानेपानी तथा सिचाइको लागी पाइपहरू र लिफ्ट खानेपानी मेसिनको पनि यथाशीघ्र व्यवस्थापन गरिदिन माग गरिएको प्रवक्ता कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

 

यो हेर्नुहोस् प्रेस विज्ञप्ति 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));