लिटिल स्टार बोर्डिङ स्कूलः कक्षा ८ मा शतप्रतिशत विद्यार्थी पास गराउने मन्थलीकै एक मात्रै विद्यालय, सृष्टि बनिन् वर्ष कै सर्वोत्कृष्ट विद्यार्थी (भिडिओ)

| बैशाख २८, २०८१ शुक्रबार

A A A
A A A

२८ वैशाख, रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा संचालित निजी क्षेत्रको अबल लिटिल स्टार बोर्डिङ स्कुलले विद्यार्थी प्रोत्साहन कार्यक्रम गरेको छ । यो विद्यालय गत शैक्षिक सत्र २०८० को मन्थली नगरपालिकाले संचालन गरेको कक्षा ८ को वार्षिक परीक्षामा शतप्रतिशत विद्यार्थी उर्तिण गराउने नगरकै एक मात्रै विद्यालय समेत रहेको कार्यक्रम उद्घोष गर्दै विद्यालयका सहायक प्रधानाध्यापक हस्त लामाले उद्घोष गरे । 

 

यो विद्यालयले वार्षिक रूपमै राम्रो नतिजा ल्याउने, अनुशासित, पढाइ, लेखाइ, सरसफाइ, वार्षिक परीक्षामा प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्नेसहित विभिन्न विधामा साना बालबालिका देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई उनीहरूका अभिभावकहरूको समेत उपस्थितिमा पुरस्कृत गर्दै पढाइ प्रति प्रोत्साहन गरेको हो । साथै चालु शैक्षिक सत्रमा विद्यालयमा भर्ना भएका विद्यार्थीहरूलाई पनि शैक्षिक सामाग्री सहित स्वागत गरेको हो । 

 

 

शुक्रवार विद्यालयका सञ्चालक एवं प्रधानाध्यापक रमेश फुयाँलले चालु शैक्षिक सत्रमा भर्ना भएका एक सय ४७ जनाको स्वागत र उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै विद्यार्थीहरूलाई जिम्मेवार र प्रोत्साहित गरेका हुन् । 

 

प्रधानाध्यापक फुयाँलले गत वर्ष (२०८०) विद्यार्थी घोषणा गर्दै ९७ प्रतिशत अङ्क ल्याएर लिखु तामाकोशी गाउँपालिका वडा नं ७ तिल्पुङ्की सृष्टि श्रेष्ठ वर्ष सर्वोत्कृष्ट भएको घोषित गरे । साथै उनले लिटिल स्टार बोर्डिङ स्कुलले सर्वोत्कृष्ट विद्यार्थीलाई शतप्रतिशत छात्रा वृद्धि प्रदान गरिने बताउँदै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पनि क्रमशः ७५, ५० र २५ प्रतिशत छात्रा वृद्धि प्रदान गर्दै आएको जानकारी गराए । 

‘लिटिल स्टार वर्ष शिक्षक’ पुरस्कारबाट नगदसहित सम्मानित हुँदै नेपाली शिक्षिका कविता घिमिरे

 

प्रविधिको प्रयोगलाई बढाउँदै आजको आवश्यकता अनुसारको शिक्षा प्रदान गर्न अग्रसर संस्थागत तर्फको यो विद्यालयमा हाल कूल ६ सय ९३ जना विद्यार्थी अध्ययनरत रहेका छन् । 

 

साथै, नयाँ विद्यार्थीहरूको स्वागतमा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । 

 

भिडियो हेर्नुहोस् ?

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));