राजश्व संकलनमा सुनापति गाउँपालिका सत प्रतिशत सफल, वडागत रूपमा गुन्सी पहिलो (सूचीसहित)

| बैशाख ३१, २०८१ सोमबार

A A A
A A A

३१ वैशाख, रामेछाप । सुनापति गाउँपालिकाले लक्ष्य अनुसारको राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष ०८०/०८१ को हाल सम्म पालिकाले ९९.६३ प्रतिशत राजश्व संकलन गरेर लक्ष्य हासिलको नजिक पुगेको हो । 

 

जिल्लाका अन्य स्थानीय तहले आन्तरिक स्रोत अर्थात् राजश्व संकलनमा निराशा जनक अवस्था देखिरहँदा सुनापतिले भने चालु आर्थिक वर्षको दुई महिना बाँकी छदै लक्ष्य अनुसारको राजश्व संलकन गर्न सफल हुने देखिएको हो । 

 

पालिकाले चालु वर्ष ३० लाख राजश्व संकलन गर्न लक्ष्य लिएकोमा गत शुक्रवार सम्म २९ लाख ८९ हजार ७७.९९रुपैयाँ  संकलन गरी सकेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दील कृष्ण श्रेष्ठले बताए । 

 

आइतबार पालिकामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै प्रशासकीय अधिकृत श्रेष्ठले भने ‘हामीले लक्ष्य अनुसारको राजश्व संकलनमा लक्ष्यको नजिक पुगिसकेका छौँ’ ।

 

उनले अब लक्ष्यको बाँकी अबधिमा सत प्रतिशत नजितामा पुग्ने विश्वास पनि व्यक्त गरे । यो वर्ष पालिकाको वडागत रूपमा पनि राजश्व संकलन सन्तोष जनक रहेको पाइएको छ । राजश्व संकलनमा वडा नं १ गुन्सीले सबै भन्दा राम्रो प्रगति गरेको देखिएको छ । उसले  ५ लाख १७ हजार ६१६.९८ राजश्व संकलन गरेको छ भने सबै भन्दा कम वडा नं ५ ले ३ लाख ४५ हजार ९०९.९३ संकलन गरेको छ । 

 

कुन वडाले कति संकलन गरे हेर्नुहोस् 

 

 

त्यस्तै भौतिक प्रगतिमा पनि वडा नं १ गुन्सी अगाडी देखिएको छ । उसले ८१.७९ प्रतिशत भौतिक प्रगति गरेको छ । भने, भौतिक प्रगतिमा पनि वडा नं ५ सबै भन्दा कम ५६.२२ प्रतिशत प्रगति गरेको छ । यद्दयपी वडा नं ५ ले वित्तीय प्रगतिमा वडा नं १ लाई पछि पार्न सफल भएको छ । 

 

वित्तीय प्रगतिमा वडा नं ५ ले ३४.५७ प्रतिशत प्रगति गर्दा वडा नं १ ले २३.०७ प्रतिशत मात्रै प्रगति गरेको देखिन्छ । 

 

यो अवधिमा १०० वटा व्यवसाय दर्ता गर्ने लक्ष्य लिएकोमा ५१ प्रतिशत पूरा गर्दै ५१ वटा दर्ता गर्न सफल भएको, व्यवसाय नवीकरणमा ३४९ वटा नवीकरण गर्ने लक्ष्य लिएकोमा ११५ वटा गर्दै ३१.९५ प्रतिशत पूृरा गरेको उल्लेख गरे । 

 

५ वटै वडाको वित्तिय प्रगति हेर्नुहोस्