मन्थलीमा १० दिने ‘सिलाइ कटाइ तथा कोट डिजाइनिङ’ तालिम सुरु, कसले के भने ? (भिडिओसहित)

| बैशाख ३१, २०८१ सोमबार

A A A
A A A

३१ वैशाख, रामेछाप । मन्थलीमा १० दिने ‘सिलाइ कटाइ तथा कोट डिजाइनिङ’ तालिम सोमबारदेखि सुरु भएको छ । तालिम पश्चात् मन्थलीबाटै आफ्नो रोजाई अनुसारका कोट ग्राहकले छानी छानी लाउन र सिलाउन पाउने आयोजकको विश्वास रहेको आयोजकको भनाई छ । 

 

मन्थली नगरपालिका वडा नं १ को आर्थिक सहयोगमा रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा व्यवसायीक रूपमा कोट सिलाउँदै आएका सिलाई व्यवसायीहरूलाई आधुनिक र ग्राहकको रोजाइ अनुसार डिजाइन डिजाइनको कोट सिलाउन सिकाउने उद्देश्यले तालिम आयोजना गरिएको संघका अध्यक्ष नवीन थापा मगरले बताए । 

 

संघको सचिवालय हलमा तालिम उद्घाटन गर्दै कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापा मगरले आफूहरूले भने ‘हामीले सिप सिक्नु पर्छ । र, त्यो सिपलाई देशभरि बिक्न सक्ने गरी सक्नु पर्छ । त्यसो भयो भने हाम्रो जनशक्ति देशभरि जहाँ पनि बिक्छन् । रोजगारी पाउँछन्’, सिकेको सिपलाई व्यवहारमा लागू गर्नु पर्नेमा जोड् दिँदै अध्यक्ष थापा मगरले थपे ‘व्यवसायीक रूपमा काम गर्दै आएका सिलाई कटाई व्यवसायीहरू साथीहरूले दक्ष र बजारमा बिक्ने खालको कोट सिलाऊ सक्ने बन्नु पर्छ ।’ 

 

१० दिने यो तालिम निकै महत्त्वपूर्ण रहेको भन्दै सहभागीहरूलाई यसको भरपुर फाइदा उठाउन आग्रह गरे । 

 

त्यस्तै मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले सिप सिकेर कहिले नसकिने भन्दै व्यवहारिक सिप सकिन्न आग्रह गरिन् । नगरले पनि महिला र व्यवसायीहरूलाई प्रोत्साहन गर्ने धेरै सिप मूलक कार्यक्रम रहेको जानकारी गराउँदै नगरले पनि फेसन डिजाइन गर्नको लागि पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइन् । ‘राज्यले गरेको लगानी तपाईँहरूले सिप सिकेर दक्ष हुनु भयो भने हामीले अरू चाहिँदैन ।’

 

कोट महिला पुरुष दुवैले लगाउने मिल्ने प्रतिष्ठित कपडा रहेको उल्लेख गर्दै उपप्रमुख बस्नेतले माग अनुसारको कोट तयार पार्न सक्ने बन्नुस् भनिन् । सिप सिकाउने कुरा नगरले कुरा मात्रै नभएर कामै गरेर देखाउने जिकिर गर्दै कोट डिजाइनिङ तालिम पछि फेसन डिजाइनिङ्को तालिम, पञ्चेबाजाको तालिम पनि संचालन गर्न लागेको प्रस्ट पारिन् । 

 

सो अवसरमा आर्थिक सहयोग उपलब्ध गर्ने मन्थली १ का अध्यक्ष होम प्रसाद पौडेल (रामहरि) ले सिप सिकाउनको लागि वडाले अलि कति पनि कन्जुस्याइँ नगर्ने प्रतिबद्धता जनाए । ‘यो तालिममा तपाईँहरू जति उत्साहित भएर सिक्नु भएको छ । त्यसरी नै तपाईँहरूले व्यवहारमा पनि लागू गर्नु पर्छ, त्यसको लागि मन्थली १ ले सक्दो सहयोग गर्छ ।’  

 

मन्थली नगरपालिका १ मा आर्थिक उपार्जन गर्ने भनेको किसान र व्यवसायी मात्रै भएको रहेको प्रस्ट पार्दै यो तालिमबाट दक्ष बनेर व्यवहारमा लागू गर्न अध्यक्ष पौडेलले जोड् दिए । तालिम जेठको ९ गते सम्म चल्ने छ । 

 

बाँकी भिडिओमा हेर्नुहोस् ।