सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट

| जेठ १५, २०८१ मंगलबार

A A A
A A A

१५ जेठ, रामेछाप । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक (आव) वर्ष २०८१/८२ का लागि उक्त आकारको बजेट पेश गरेका हुन् । 

 

यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो ।


सरकारले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६१.३१ प्रतिशत हो ।

 

पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएको छ । यो कुल बजेटको १८.९४ प्रतिशत हो । वित्तीय व्यवस्था तर्फ ३ खर्ब ६७ अर्ब १८ करोड विनियोजन भएको अर्थ मन्त्री पुनले घोषणा गरे । यो कुल बजेटको १९.७४ प्रतिशत हो ।