स्ववियु परिषद्को सभापतिमा रामेछापका संजय बुढाथोकी मनोनीत

| जेठ १६, २०८१ बुधबार

A A A
A A A

१६ जेठ, रामेछाप । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापका युवा नेता एवं कोटेश्वर बहुमुखी क्याम्पस स्ववियु सभापति संजय बुढाथोकी (स्ववियु) परिषद् सभापति पदमा मनोनयन भएका छन् । उनी मन्थली नगरका युवा नेता हुन् । 

 

नेविसंघका केन्द्रीय सभापति दुजाङ शेर्पाले बुधवार क्याम्पस सभापति बुढाथोकीलाई परिषद् सभापतिमा मनोनीत गरेका हुन् । 

 

युवा नेता बुढाथोकीलाई नेपाल विद्यार्थी संघको विधान २०२७ (‍परिमार्जित र संशोधित २०७५) को भाग ३ को धारा (६) र नियमावली २०७३ परिच्छेद ११ को व्यवस्था बमोजिम रिक्त रहेको स्ववियु परिषद् सभापतिको पदमा मनोनयन गरिएको हो । 

 

स्ववियुको परिषद् सभापति बनेका बुढाथोकीले राष्ट्रिय अधिवेशन तीन महिना भित्र सम्पन्न गरिसक्नु पर्ने गरी जिम्मेवारी दिइएको नेविसंघका सभापति शेर्पाले बताए ।