कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रामेछापको अवस्था ‘सन्तोषजनक’

| साउन २४, २०८१ बिहिबार

A A A
A A A

२४ साउन, रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापको कार्यसम्पादन मूल्याङ्कनमा सन्तोषजनक रहेको गृह मन्त्रालयको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा देशभरका जिल्ला प्रशासनहरूको कामका आधारमा गरेको मूल्याङ्कनमा १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक पाएका छन् ।

 

त्यस्तै क्रममा जिल्ला प्रशासन कार्यालय रामेछापले ९२.६८७५ अंक पाएर ४० औँ स्थानमा परेको गृह मन्त्रालयले सार्वजनिक गरेको जिल्ला श्रेणी तालिकामा उल्लेख छ । 

 

गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय रामेछापले प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको नेतृत्वमा पुराना कागजातहरूको ‘व्यवस्थापन’, कार्यालयलाई व्यवस्थित गर्ने, मिटिङ हलमा डिजिटल बोर्ड सहित सुविधा सम्पन्न पार्ने, सेवालाई चुस्तता दिने, लामो समयदेखि नागरिकता नपाएकाहरूलाई प्रमाणको आधारमा घरमै गएर नागरिकता प्रदान गर्ने जस्ता गतिविधि गरेको थियो । सोही कार्यसम्पादनलाई आधार मानेर गृहले रामेछाप प्रशासनको सेवा सन्तोषजनक भएको मूल्याङ्कन गरेको हो । 

 

रामेछाप प्रशासनले पुराना सामाग्रीहरूको लिलामी देखि कार्यालयलाई स्वच्छ, सफा राख्ने बिदाको दिन पनि सरसफाइ गर्ने देखि सार्वजनिक बिदाको दिन पनि सेवा सुचारु राखेको थियो । यद्दयपी यो कार्य देशका अन्य जिल्ला प्रशासनको तुलनामा कमजोर साबित भएको सार्वजनिक तथ्याङ्कको नतिजाले प्रस्ट्याएको छ । 

 

रामेछाप प्रशासनले झण्डै ९३ अंक ल्याउँदा ९८ अंक ल्याएर जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरकै पहिलो, ७६.२५ अङ्कसहित सिरहा प्रशासन दोस्रो हुन सफल भएको छ । 

 

सेवा प्रवाहलाई आधार मानेर गरिने कार्यसम्पादन मूल्याङ्कनमा रामेछापसहित ७७ जिल्ला मध्ये रुपन्देही, पाल्पा, बाग्लुङ, रुकुम पश्चिम, मकवानपुर, पर्वत, गुल्मी, तेह्रथुम र हिमाली जिल्ला सोलुखुम्बु उत्कृष्ट १० को सूचीभित्र परेका छन् ।

 

यो हेर्नुहोस् ७७ वटै जिल्लाको कार्यसम्पादन मूल्याङ्कनको नतिजा