मन्थली क्याम्पसको नेविसंघ इकाई समिति अध्यक्षमा विपुल रोका

| माघ १६, २०८१ बुधबार

A A A
A A A

१६ माघ, रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पको नेपाल विद्यार्थी संघ (नेविसंघ) को नयाँ नेतृत्व चयन गरिएको नेविसंघ रामेछापले जनाएको छ । मंगलबार सम्पन्न संघको क्याम्पस इकाई समितिको सातौँ अधिवेशनबाट मन्थली–३ का विपुल रोकाको अध्यक्षतामा समिति बनेको (नेविसंघ) रामेछापका उपसभापति विमल पौडेलले जानकारी दिए । 

 

उनका अनुसार नेपाली काँग्रेस रामेछापका पूर्व महासमिति सदस्य डा.सुमन कर्माचार्य, पार्टी जिल्ला सचिव दीपक खड्का, नेविसंघ रामेछापका अध्यक्ष विनोद बुढाथोकी, युवराज थापा मगर लगायतको उपस्थितिमा मंगलबार नयाँ क्याम्पस इकाई गठन गरिएको हो । 

 

समितिको उपाध्यक्षमा कर्ण श्रेष्ठ, सुशील भट्टराई र मनीषा काफ्ले चयन भएका छन् । 

 

त्यस्तै, सचिवमा छाया तामाङ, सह–सचिवमा जीवन तामाङ र राकेश श्रेष्ठ चयन भएका छन् । 

 

कोषाध्यक्षमा दीक्षा महतले जिम्मेवारी पाएकी छन् । भने, सदस्यमा नवीन पौडेल, लक्ष्मी माझी, मनिल श्रेष्ठ, नमुना रोका, बिपना रोका, भावना के.सी कमक के.सी, ओमकिन गोले र अनिशा कार्की सर्व सहमतिमा चयन भएका छन् । 

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार