एमाले निकट पत्रकार संगठन चाैतारी रामेछापको अध्यक्षमा लेखबहादुर बि क

| माघ २२, २०८१ मंगलबार

A A A
A A A

२२ माघ, रामेछाप । नेकपा (एमाले) निकट पत्रकार सङ्गठन प्रेस चौतारी नेपाल रामेछापको अध्यक्षमा लेखबहादुर बि.क सर्व सहमतिमा अध्यक्ष बनेका छन् । 


आज मंगलबार भएको संगठनको ५ औँ जिल्ला अधिवेशनबाट लामो समयदेखि पत्रकारकारिता क्षेत्रमा आबद्ध  बि.कलाई चौतारी रामेछाप अध्यक्षको जिम्मेवारी दिइएको हो । उनी रेडियो इनर्जीमा आबद्ध रहेका छन् । साथै, यस अगाडि राष्ट्रिय दलित पत्रकार जिल्ला शाखा रामेछापको अध्यक्षसहित विभिन्न सङ्घसंस्थाको नेतृत्व अनुभव गरिसकेका व्यक्ति हुन् । 

 

जिल्ला कमिटीको  खुल्ला उपाध्यक्षमा शान्ता श्रेष्ठ,  समावेशी महिलामा सीता पुरी चयन हुँदा सचिवमा रेडियो इनर्जी कै डाेर शंकर बरुवाल चयन भएका छन् । उनी यस अगाडि सह–सचिव थिए । उपाध्यक्ष बनेकी पूरी कोषाध्यक्ष थिइन् ।

 

त्यस्तै खुल्ला सह-सचिवमा कुमार मिजार,सह-सचिव समावेशीमा मणिराज सुनुवारले अवसर पाउँदा कोशाध्यक्षमा शर्मिला विसुन्केले जिम्मेवारी पाएकी  छिन् । दुई सह–सचिव पहिलो पटक चौतारीमा आबद्ध हुँदै अवसर पाएका हुन् । मिजार मन्थली मै बसेर फोटो र भिडिओमा बढी सक्रिय छन् । भने, सुनुवार उमाकुण्ड गाउँपालिकाको प्रीतिमा बसेर रिपोर्टिङ गर्न थालेका छन् । 

 

त्यस्तै, सदस्य बनेका भवानी खड्का र सञ्जना रसाइली दुवै रेडियो रामेछापमा केही समय देखि आबद्ध रहेका छन् । चौतारीको पूर्व जिल्ला अध्यक्ष समेत बनेका युनिक बिफा घिसिङ र लामो समयदेखि आबद्ध पार्वती पाठक केन्द्रीय प्रतिनिधि चयन भएका छन् । 

 


यस अगाडि जिल्ला कमिटी अध्यक्ष रहेका नवराज श्रेष्ठ र सुमित्रा लामा प्रदेश प्रतिनिधि बनेको निवर्तमान चौतारी रामेछापले जनाएको छ । थपघट गरिएको 

मिलन घिमिरे (बि क)
| फागुन २, २०८१ शुक्रबार