तेस्रो मन्थली नगर कप: महिला तर्फको उपाधि वडा नं ७ भटौलीले जित्यो, फुलासी दोस्रो

७ फागुन, रामेछाप । तेस्रो मन्थली नगर कप अन्तर्गत भएको प्रथम महिला नगर भलिबलको उपाधि वडा नं ७ भटौलीले जितेको छ । वडा नं १३ फुलासीलाई पराजित गर्दै भटौलीले प्रथम महिला भलिबलको उपाधि हात पारेको हो ।
गएको शनिबारेदेखि जिल्ला समन्वय समितिको मैदानमा भइरहेको खेलमा महिला तर्फ १४ वटा वडा मध्ये ७ वडाले (१,२,३,६,७, ८ र १३ नम्बर) प्रतिस्पर्धामा भाग लिएका थिए । बुधवार बिहान सम्पन्न खेलमा वडा नं ७ ले १३ लाई पछि पार्दै प्रथम महिला भलिबलको उपाधि हात पारेको हो । यो सँगै विजेता भटौलीले नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने भएको छ ।
त्यस्तै, उपविजेता फुलासीले नगद ३० हजार, तेस्रो भएको वडा ६ भलुवाजोरले नगद २० हजार प्राप्त गर्ने भएका छन् । विजेता खेलाडीहरूलाई आज हुने समापन कार्यक्रममा पुरस्कार प्रदान गरिने छ ।
अब, केही बेरमा पुरुष तर्फको तेस्रो नगर कप भलिबल खेल सुरु हुँदै छ । विजेताको लागि पुरुष तर्फ १० चनखु र वडा नं ८ चिसापानी बिच प्रतिस्पर्धा हुन लागेको हो ।
पुरुष तर्फ दोस्रो नगर कप विजेता वडा नं ७ तेस्रो भएको छ ।