स्ववियु निर्वाचन : अखिल ‘क्रान्तिकारी’ले अनुज भुजेलको नेतृत्वमा उम्मेद्वारी दर्ता गर्‍यो

| फागुन २७, २०८१ मंगलबार

A A A
A A A

२७ फागुन, रामेछाप । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले मन्थली नगरपालिका–५ सुनारपानीका अनुज भुजेलको नेतृत्वमा टिम दर्ता गराएको छ । 

 

नेविसंघले विपुल रोकाको नेतृत्वमा टिम दर्ता गरे लगत्तै दोस्रो नम्बरमा क्रान्तिकारी विद्यार्थी सङ्गठनको तर्फबाट भुजेलको नेतृत्वमा विनीता माझी सचिव र राजकुमार श्रेष्ठ कोषाध्यक्षसहित उम्मेद्वारी दर्ता गरेको हो । 

 

क्रान्तिकारीको तर्फबाट सदस्यमा बोदप्रसाद दाहाल, अम्बिका श्रेष्ठ, रस्मी माझी र ओमकिन गोलेको उम्मेद्वारी दर्ता भएको विद्यार्थी नेता राजकुमार श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 

 

चैत्र ५ गते हुने मतदानको लागि यो पटक रामेछापको एक मात्रै स्ववियु निर्वाचन हुने मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा तीन वटा विद्यार्थी सङ्गठनले छुट्टा छुट्टै उम्मेद्वारी दर्ता गराएका हुन् । उम्मेद्वारी अगाबै मिलेर एवं गठबन्धन गरेर जाने चरणमा छलफल थालेका विद्यार्थी संगठनहरुले अन्ततः नेतृत्व कसले लिने भन्नेमा सहमति नहुँदा छुट्टा-छुट्टै उम्मेद्वारी दर्ता गराएका हुन् । 


स्रोतका अनुसार उम्मेद्वारी दर्तापछि पनि मिलेर जाने सम्भावना रहेको बुझिएको छ ।