नेकपा एमाले सोलुखुम्बुले समानन्तर गतिविधिमा संलग्न ११ जनालाई ७ दिने स्पष्टीकरण माग्यो

| बैशाख १४, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

१४ वैशाख, सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुले ११ जनालाई स्पष्टीकरण सोधेको छ । पार्टीको समानान्तर गतिविधीमा स्वेच्छाले सम्लग्न नभएको भए विज्ञप्ती निकाल्न सचेत गराइएको मध्ये ११ जनालाई स्पष्टीकरण सोधेको एमाले सोलुखुम्बुले जनाएको छ ।


एमाले सोलुखुम्बुले जिल्लामा पार्टीको समानान्तर कमिटी गठन र प्रदेश कमिटी सदस्यमा मनोनयनको खबर सार्बजनिक भएसंगै विज्ञप्ति निकालेर सच्चिनका लागि बैशाख १० गतेसम्मको समय सीमा दिएको थियो । तर पार्टीको निर्देशन पालना नगरेकाले स्पष्टीकरण सोधिएको नेकपा एमाले सोलुखुम्बुका सचिब आशकुमार राई (शिशिर)ले जानकारी दिए । 


उनका अनुसार आइतबार स्पष्टिकरण सोधिएका एमाले सोलुखुम्बुका पुर्व अध्यक्षसमेत रहेका आङ ङिमा लामा, बुद्धिकिरण राई, सुजाता राई, जुद्ध बहादुर कार्की, दोर्जी जाङ्बु लामा, डिल्ली राई, प्रेमकुमार श्रेष्ठ, दोर्जी सुशील शेर्पा, नन्दराज गुरुङ, सन्तोष थापा मगर र मानबीर राई रहेका छन् । 


उनीहरुलाई ७ दिने समय सीमाभित्र चित्तबुझ्दो जवाफ नआए जिल्ला कमिटीले पार्टी बिधान अनुसार कारबाही गर्ने उल्लेख गरिएको छ ।
 

मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार