मन्थलीमा ट्रकले रोकी राखेको बोलेरोलाई ठक्कर दियो

| असोज १३, २०७९ बिहिबार

A A A
A A A

१३ असोज, रामेछाप । रामेछापको मन्थलीमा ट्रकले रोकेर राखेको बोलेरोलाई ठक्कर दिएको छ । 

 

आज बिहीबार सदरमुकाम मन्थली १ स्थित भैशेश्वर चोकमा दाना अनलोड गरेर साइड लगाएर राखेको बा १३ च ६६४० नम्बरको बोलेरोलाई अन्दाजी १०० मिटर पर रोकी राखेको बा ५ ख ४६४२ नम्बरको ट्रकले आफै पछाडि ब्याक गएर ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजुप्रसाद् ढकालले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

‘ट्रक रोकेर ट्रकका चालक सामान किन्न गएका रहेछन् । त्यसपछि ट्रक आफै ब्याक अन्दाजी १०० मिटर पर गएर बोलेरोलाई ठक्कर दिएछ ।’ 

उनका अनुसार ट्रकको ठक्करबाट बोलेरोमा क्षेती पुगेको छ । मानवीय क्षेती भने भएको छैन् । ठक्कर दिने ट्रक चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रामेछाप ल्याइएको जनाइएको छ । घटना बारे थप अनुसन्धान सुरु भएको छ । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));