गुम्देलमा घाँस काट्न गएका एक पुरुषको रुखबाट खसेर ज्यान गयो

| चैत २, २०७९ बिहिबार

सांकेतिक तस्बिर ।
A A A
A A A

२ चैत, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देलमा घाँस काट्ने गएका एक पुरुष ज्यान गएको छ । 

 

ज्यान गुमाउनेमा उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलको साबिकको वडा नं २ क्यामा बस्दै आएका नाम नखुलेका एक वि क रहेका छन् । उनी गाउँमा (झुसुले) नामले पचिति थिए ।  मङ्गलवार जङ्गलमा घाँस काट्न उनकी श्रीमती सहित गएका थिए । घाँस झार्न रुखमा चढेका बेला ठुलो रुखबाट एक्कासि खसेका झुसुलेको ज्यान गएको उनकी श्रीमतीले बताएका स्थानीयहरूले रामेछाप टाइम्सलाई बताए । ‘बुढाबुढी घाँस काट्न जङ्गल गएको रहेछन् । श्रीमतीका अनुसार रुखबाट खस्दा बुढाको ज्यान गयो भन्छिन् स्थानीयहरूले भने ।’

 

लडेर ज्यान गुमाएको भनिएका बि क अन्दाजी ५० वर्षीय रहेका थिए । उनका दुई परिवार थिए । निम्न आए भएका वि क ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका थिए । 

 

मृत्यु भएका बि कको शव पोस्ट मार्टमको लागि भन्दै परिवार र स्थानीयको रोहबरमा दोलखाको जिरी अस्पतालमा लगिएको जनाइएको छ । पोस्ट मार्टको रिपोर्ट आएको छैन ।