मन्थली नगरले भन्यो–‘सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरा नबनाउनू’,पूर्व ‘मेयर’बस्नेत र सांसद श्रेष्ठबिच सामाजिक संजालमै ‘भनाभन’

| भदौ १९, २०८० मंगलबार

A A A
A A A

१९ भदौ, रामेछाप । मन्थली नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी घर, टहरा, भौतिक संरचना नबनाउन आग्रह गरेको छ । केही वडाहरूमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर, टहरा बनाएको खबर समेत आएको उल्लेख गर्दै नगरपालिकाले यस्तो काम तत्काल बन्द गर्न भनेको छ । 

 

मंगलबार आज एक सूचना जारी गर्दै नगरपालिकाले नगरका ‘विभिन्न वडा भित्र सार्वजनिक जग्गामा आफू खुसी घर टहराहरू बनाएको भन्ने मौखिक सूचना यस नगरपालिकामा प्राप्त भएकोले आफ्नो भोगाधिकार भन्दा बाहेकको सार्वजनिक जग्गा र सामुदायिक बन क्षेत्रको जग्गा जस्ता सार्वजनिक जग्गा अतिक्रमण गरी कुनै पनि किसिमका भौतिक संरचनाहरू नबनाउनु’ भनेको छ । 

 

नगरपालिकाको विभिन्न वडामा सार्वजनिक जग्गा अतिक्रमण गरी घरहरू बनी रहेको भन्दै यस अगाडि पनि पटक पटक आवाज उठ्दै आएको थियो । नगरले जारी गरेको सूचनामा ‘कसैले यस सूचनाको अवज्ञा गरी सार्वजनिक जग्गामा भौतिक संरचनाहरू बनाएमा नियमानुसार कारबाही हुने’ उल्लेख छ । 

नगरका पूर्व मेयर र प्रदेश माननीय बिच सार्वजनिक जग्गा मिचेको सूचना निस्किने बित्तिकै विवाद सुरु 

सार्वजनिक जग्गा अतिक्रमण नगर्न नगरले सूचना जारी गरे लगत्तै नगरपालिकाका पूर्व नगर प्रमुख रमेश कुमार बस्नेत र बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठबिच सामाजिक सञ्जालमा आक्रोश देखिएको छ । 

 

पूर्व मेयर एवं केही महिना अगाडि नेकपा एकीकृत समाजवादी पार्टी (एस) त्यागेर एमालेमै फर्किएका नेता बस्नेतले एमाले जिल्ला अध्यक्ष समेत रहेका प्रदेश सांसद श्रेष्ठले नगरको जग्गा मिचेर प्रशासकीय भवन अगाडि नै निर्माणाधीन रहेको भवन सहितको फोटो ‘सम्झिने पानी छम्किने,शक्तिवालाको भक्ति गर्ने,कम्जोरलाइ तर्साउने वाह’ भन्दै फेसबुकमा राखेपछि एकै पार्टीका दुई नेताबिच टसल देखिएको हो । 

पूर्व मेयर रमेश कुमार बस्नेतको फेसबुक स्टाटस

बस्नेतले पोस्ट गरेको श्रेष्ठको घरसहितको उक्त पोस्टमा उनीहरूबिच दोहोरिनै चलेको छ । कमेन्टमा प्रदेश सांसद श्रेष्ठले ‘सम्माननीय पु्र्व मेयर ज्यू मैले सार्वजनिक जग्गा अतिक्रमण गरेको हो । भने, कारबाहीको लागि अगाडि आउनुस् होइन । भने, यो तरिका ठिक भएन सामाजिक सञ्जालमा मेरो र परिवारको निजी सम्पत्ति प्रति रोष व्यक्त गर्नुको कुनै तुक छैन । सक्नु हुन्छ भने आउनुस् सरकारी निकाय लिएर आमनेसामने गरौँ’ भनेका छन् । 

 

पूर्व मेयर बस्नेतले प्रदेश सांसद श्रेष्ठले उक्त स्थानमा घर बनाउन लाग्दा देखिनै नगरको जग्गा मिचेर घर बनाऊ थालेको भन्दै विरोध गर्दै आएका थिए । 

 

पूर्व मेयर रमेश बस्नेतको स्टाटस जस्ताको तस्तै पढ्नुहोस्

सम्बन्धित समाचार यो पनि पढ्नुहोस् 

मन्थली नगरपालिकाले लाखौं खर्चेर बनाएको संरचनामाथि ब्यक्तिको डोजर चल्योः ‘मेयर भन्छन् मलाई जानकारी छैन्’

यो भिडिओ पनि हेर्नुहोस्