बनेपाबाट हराएको गाडी रामेछापको उमाकुण्डमा भेटियो, चालक कार्कीसहित नियन्त्रणमा

| भदौ २७, २०८० बुधबार

A A A
A A A

२७ भदौ, रामेछाप । यही भदौ २३ गते राति काभ्रेको बनेपाबाट हराएको हात्ती गाडी रामेछापको उमाकुण्डमा भेटिएको  छ  । 

 

बा १८ च ५११५ नम्बरको हात्ती गाडी खोज तलास गर्दा उमाकुण्ड गाउँपालिका वडा नं ४ च्यादलु बजारबाट त्यहाँ स्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

प्रहरी नायव निरीक्षक प्रकाश कुमार पौडेलको टोलीले उक्त गाडी सहित चालक सोही ठाउँका २४ वर्षीय भोजराज कार्की नियन्त्रणमा लिएको छ । 

 

नियन्त्रणमा लिएको गाडी र चालक दुवैलाई इलाका प्रहरी कार्यालय बनेपा काभ्रे  पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी रञ्जन गिरीले जानकारी दिए । गाडी के कसरी त्यहाँ पुर्‍याइयो भन्ने बारेमा थप केही खुलेको छैन । घटना बारे अनुसन्धान जारी रहेको बताइएको छ ।  

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));