रामेछाप–काठमाण्डौं सम्पर्क समितिको स्मारिका विमोचन

| असोज २८, २०८० आइतबार

A A A
A A A

२८ असोज, रामेछाप । नेपाली काँग्रेस रामेछापका–काठमाडौँ सम्पर्क समितिको ‘स्मारिका’ विमोचन गरिएको छ । सम्पर्क समितिकी कोषाध्यक्ष शकुन्तला त्रिपाठीको संयोजकत्वमा स्मारिका प्रकाशन गरी समितिले प्रकाशनमा ल्याएको हो । 

 

घटस्थापनाको पूर्व सन्ध्यामा शनिवार राजधानीमा शुभकामना आदानप्रदान सहित नेपाली काँग्रेसका केन्द्रीय सदस्य र सांसद डा. शशाङ्क कोइरालाले स्मारिका विमोचन गरेका हुन् । 

 

रामेछाप–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष राजनारायण श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा डा कोइरालासहित सम्पर्क समितिका संयोजक तथा काँग्रेस केन्द्रीय सदस्य नानु वास्त‍ोला र जिल्ला पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) सहितको उपस्थितिमा थियो । 

 

सोही अवसरमा जिल्लाका सबै स्थानीय तहका संयोजकहरूलाई  रमेश खड्काले माइक, साउण्डबक्स हस्तान्तरण गरेका छन् । 

 

सो कार्यक्रमलाई सम्बोधन गर्दै सम्पर्क समितिकी पूर्व सभापति शिव श्रेष्ठ, पार्टी जिल्ला सभापति (कान्छाराम) तामाङ,  केन्द्रीय सदस्य बास्तोला सहित प्रमुख अतिथि समेत रहेका डा. शशाङका कोइरालाले सम्पर्क समितिबाट बेला–बेलामा भए गरेका सामाजिक, सांस्कृतिक, प्राज्ञिक काम कर्तव्यहरूको प्रशंसा गरे । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वका अवसरमा शुभकामना आदान प्रदान गरेको सचिव उमेश घिमिरे (कमल) ले जानकारी दिए ।