दुगर्ड हाइड्रोको ड्याममा काम गर्ने क्रममा लडेर गोकुलगंगा चुचुरेका कैलाश कार्कीको ज्यान गयो

| कात्तिक १६, २०८० बिहिबार

सांकेतिक तस्बिर ।
A A A
A A A

१६ कात्तिक, रामेछाप । रामेछाप र सोलु खुम्बु जिल्लाको सीमा भएर बग्ने लिखु नदीमा निर्माणाधीन लिखु जलविद्युत आयोजनाको ड्याम साइडमा काम गर्ने क्रममा लड्दा एक जनाको ज्यान गएको छ । 

 

ज्यान गुमाउनेमा एम्भिदुगर्ड कम्पनीका कामदार गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरे स्थित साङ्मुडाँडा निवासी अन्दाजी ३० वर्षीय कैलाश कार्की रहेका छन् । उनको काम गर्ने क्रममा दुगर्ड हाइड्रोको ड्याम साइडको डिलबाट लडेर ज्यान गएको त्यहाँ स्थित प्रहरी नवीन बस्नेतले रामेछाप टाइम्सलाई बताए । ‘हिजो काम गर्ने क्रममा लडेर ज्यान गएको हो । उहाँको शवलाई अहिले किञ्जा स्थित पेकारनासमा राखिएको छ । उहाँको परिवारसहित आएर अहिले कम्पनी र परिवारका सदस्य बिच छलफल जारी छ ।’

 

कार्कीको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलको टाङ्दिङ भन्ने ठाउँमा रहेको ड्याम साइडबाट लडेर ज्यान गएको बताइएको छ । 

 

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी टोली घटना स्थलतर्फ खटिएको बताइएको छ ।