जिल्ला ट्राफिक प्रहरी रामेछापले ३ सय चालकसहित १ हजार बढीलाई ट्राफिक सचेतना गरायो

| मंसिर १५, २०८० शुक्रबार

A A A
A A A

१५ मंसिर, रामेछाप । बढी भाडा लिने सवारीलाई ठाउँको ठाउँ कारबाही, ट्राफिक जाँचमा कडाइ गरिरहेको जिल्ला ट्राफिक प्रहरी रामेछापले सवारी चालकहरूलाई सचेतना गराएको छ । 

 

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसर परेर जिल्ला सदरमुकामका करकला देवी ईङलिस स्कुल (केब्स),नागकन्या माध्यमिक विद्यालय, तामाकोशी ईङलिस बोर्डिङ स्कुल, लिटिल स्टार इङ्लिस र  मन्थली माध्यमिक विद्यालयका ८४० जना विद्यार्थीलाई सचेतना दिएको जिल्ला प्रहरी र जिल्ला ट्राफिकले शुक्रवार खिम्ती–सेलेघाट भएर चल्ने सवारी चालकहरूलाई मन्थलीमा २ घण्टा सचेतना दिएको जिल्ला ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक दीपक प्रसाद चौलागाईले जानकारी दिए । 

 

सवारी दुर्घटना न्यूनीकरण गर्न उद्देश्यका साथ सचेतना मूलक कार्यक्रममा केन्द्रित जि.ट.ले ३ सय जना सवारी चालकलाई   दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम सम्बन्धि सचेतना गरिएको ट्राफिक रामेछापले जनाएको हो । 

 

स्थानीय सरकारसँग समेत समन्वय गर्दै वडा तह सम्म सचेतना मूलक कार्यक्रम पुर्‍याउन लागि परेको ट्राफिक रामेछापले लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु भएयता शुक्रवार सम्म एक हजार बढीलाई सचेतना गराएको जनाएको हो ।