रामेछापको धोबीमा अरनिको र हिमाल तराई यातायातबिच कुटाकुटः अरनिको सहचालकले यसरी कुटे हिमाल तराईका सहचालकलाई (भिडिओ)

| मंसिर १७, २०८० आइतबार

A A A
A A A

१७ मंसिर, रामेछाप । रामेछापको धोबीमा अरनिको यातायात र हिमाल तराई यातायात बिच झगडा भएको छ । यो समाचार तयार पार्दा सम्म झगडा गर्ने दुबई बसलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रामेछापमा छलफल जारी छ । 

 

मन्थली तर्फबाट धोबी,खिजीफलाटे, सिरिसे, ढाँडे जाँदै गरेको पूर्व अरनिको बा ५ ख ५८१७ नम्बरको बसका सहचालकले ओखलढुङ्गाबाट काठमाडौँ हिँडेको (मन्थली तर्फ आउँदै गरेको) प्रदेश–३–०१–००५ ख ९९७२ नम्बरको हिमाल तराई यातायातको बसका सहचालकलाई एक्कासि झ्यामका- झ्याम् पिटेको हिमाल तराई यातायातमा सवार यात्रीहरूले बताए  । ‘अरू कुरा त थाहा भएन तर, अरनिको गाडीमा मान्छे आएर यो गाडीका सहचालकलाई ढोका खोलेर भक्का भकी हाने एक यात्रु ले भने ।’

 

यो भिडिओ पनि हेर्नुहोस् 

 

 

घटना आइतबार बिहान ११ बजे तिर लिखु तामाकोशी गाउँपालिकाको धोबी बजारदेखि झन्डै १ किलो मिटर आसपास भएको हो । स्रोतका अनुसार अरनिको यातायातले र हिमाल तराई यातायातको बसलाई अगाडि जान बाटो नदिएको र हर्न कसले कहाँ बजाउने भन्ने विषयमा विवाद हुँदा कुटपिट भएको हो । 

 

हिमाल तराईका यात्रुले सामाजिक सञ्जालमा (फेस्बुकमा) गरेको भिडिओ लाइभमा अरनिका सहचालकले हिमाल तराइका सहचालकलाई गाडी रोकेर एक्कसी मुक्का हानेको देखिन्छ ।